काठमाडौं- बलात्कारको घटना गुपचुपमा मिलाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले 'प्रबल जनसेवाश्री पदक' पाएका छन्।
प्रेमी र उनका साथी मिली इटहरी तरहराकी किशोरीमाथि बलात्कार गरेको घटनालाई मिलापत्र गराएको आरोप माझीमाथि थियो। उनी त्यसबेला जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुख थिए। उनै माझीलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पदक दिएर सम्मान गरिन्।
गत माघ २३ गते निलम्बनमा परेका माझीको ग्रेड रोक्का गरी तीन महिनापछि फुकुवा गरिएको थियो। उनी हाल डोटीमा कार्यरत छन्।
गणतन्त्र दिवसका अवसरमा घोषणा भएका विभिन्न पदक र विभूषण राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा वितरण गरेकी थिइन्। समारोहमा ३ सय ४४ जनाले विभिन्न मानपदवी पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।