रसुवा– करिब एक किलो सुनसहित रसुवामा एक जना महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा गोसाइकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेम तामाङ(गुरुङ) रहेकी छन्।
उनलाई प्रहरीले गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट शनिबार दिउँसो पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई पक्राउ गरेको हो।
जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको सुन फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी उनीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।