• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली सेनाले सञ्चालन गरेका सर्पदंश केन्द्रमा साढे ६ हजार बिरामीको उपचार

64x64
रासस शनिबार, भदौ १६, २०८०  १०:२५
1140x725

काठमाडाैं- नेपाली सेनाको सहयोगमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा सर्पले डसेका ६ हजारभन्दा धेरै बिरामीको उपचार भएको छ। 

मुलुकका विभिन्न स्थानमा सेनाको सहयोगमा सञ्चालनमा रहेका २३ सर्पदंश उपचार केन्द्रले गत आर्थिक वर्ष २०७९र८०मा सर्पले डसेर उपचारको लागि पुगेका ६ हजार चार सय ६७ जनालाई उपचार सेवा प्रदान गरेको हो।

तीमध्ये सेनाको पूर्ण स्वामित्वमा पाँच, सेना(स्थानीय निकाय र जनस्वास्थ्य कार्यालयको सहकार्यमा १४ तथा सेना र स्थानीयबीचको समन्वयमा चार वटा सर्पदंश केन्द सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

सर्पदंशबाट अतिप्रभावित २६ मध्ये १८ जिल्लामा सञ्चालित ती २३ केन्द्रमा २४ सैँ घण्टा सैनिक जनशक्ति परिचालित भई प्रदान गरिएको उपचार सेवाबाट सर्पले टोकेर हुने मृत्युदर घटाउन ठूलो सहयोग पुगेको छ। नेपालका तराईका सम्पूर्ण तथा भित्री मधेसका केही जिल्लालाई विषालु सर्पको बिगबिगीका हिसाबले जोखिम मानिन्छ।

विषालु सर्पले डसेमा तुरुन्तै उपचार प्राप्त नभएमा बिरामीको ज्यानै जाने जोखिम उच्च रहन्छ। ती उपचार केन्द्रमार्फत सेनाको सहयोगमा हालसम्म एक लाख १६ हजार तीन सय ५१ जना सर्पले टोकेर आएका बिरामीको उपचार भइसकेको छ।

सोबाहेक सेनाका क्षेत्रीय अस्पताल, फिल्ड एम्बुलेन्स गुल्म र विभिन्न युनिटमा रहेका स्वास्थ्योपचार कक्षले समेत आवश्यकता र स्रोत साधनको  उपलब्धताअनुसार सर्पदंश, बिच्छी, खजुरोलगायतका किराले टोकेर आएका बिरामीलाई सेवा प्रदान गर्दैआएको छ।

झापाको चारआली, मोरङको कालापानीरलेटाङ, सुनसरीको इटहरी ब्यारेक, उदयपुरको  बेलका, कटारी र भुल्के, सप्तरीको कल्याणपुर, सिरहाको बन्दीपुर र चौहर्वा, धनुषाको महेन्द्रनगर ब्यारेकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ।

झापाको चारआली र कपिलवस्तुको गोरुसिङ्गेमा विसं २०६० मा स्थापना भएका सर्पदंशसम्बन्धी पुराना उपचार केन्द्र हुन् भने महोत्तरीमा स्थापित केन्द्रले सबैभन्दा बढी उपचार सेवा प्रदान गर्दैआएको छ। विसं २०७१ मा स्थापना गरिएको महोत्तरीको बर्दिवासमा रहेको केन्द्रले सर्पले टोकेर आएका ३० हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सर्लाहीको लालबन्दी, पर्सा ठोरीस्थित निर्मलबस्ती, नवलपरासीको त्रिवेणी, कपिलवस्तुको गोरुसिङ्गे र बहादुरगञ्ज, दाङको गढवा, प्युठानको  स्वर्गद्वारी–दिवाङ, बाँकेको ओभरी र इमामनगर ब्यारेक, बर्दियाको ठाकुरबाबा, कञ्चनपुरको अर्जुनी र कैलालीको  गौरीगङ्गामा सर्पदंश उपचार केन्द्र सेनाको सहकार्यमा सञ्चालनमा छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि २० हजारभन्दा बढी मानिसलाई सर्पले डस्ने गरेको तथ्याङ्क छ। वार्षिकरुपमा एक हजारभन्दा बढीको सर्पदंशका कारण निधन हुने गरेको छ । नेपालमा खासगरी विभिन्न प्रजातिका गोमन र करेत सर्प बढी विषालु मानिन्छन्। 

स्वास्थ्य विभागका तथ्याङ्कअनुसार नेपालका २६ जिल्लालाई सर्पदंशबाट अतिप्रभावित मानिएको छ। 

नेपालमा झण्डै ९० प्रजातिका सर्प पाइन्छन्। त्यसमध्ये १७ देखि २० प्रजातिका सर्पलाई विषालु मानिन्छ। पर्याप्त सचेतना र उपचारको अभावमा बर्सेनि एक हजारभन्दा बढी सर्वसाधारणको सर्पले टोकेर ज्यान गुमाउनु परेको छ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा सर्पदंशबाट हुने विश्वव्यापी मृत्यु तथा अपाङ्गतालाई ५० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । नेपालमा सर्पदंश जोखिम न्यूनीकरणका लागि सरकारको प्रयासमा सेना जोडिएको छ। सोही क्रममा सामुदायिक सर्पदंश उपचार केन्द्रमार्फत  उपचारालाई छिटो र प्रभावकारी बनाउँदै सेनाले हजारौँको ज्यान जोगाउन सफल भएको छ।

अधिकांश सर्प उपचार केन्द्र सैनिक ब्यारेकसँगै सञ्चालनमा रहेकाले बिरामीले सहज र सुरक्षित महसुस गर्दैआएका छन्। 

सर्पको टोकाइबाट बच्न खाटमा सुत्ने, झुल हाल्ने, जुत्ता लगाउने, राति हिँड्नु परेमा उज्यालो बालेर मात्र हिँड्ने, घर वरपरका प्वाल बन्द गर्ने र झारपात हटाउनुपर्ने हुन्छ । कदम कदाचित सर्पले टोकी हालेमा बिरामीलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा पुर्‍याउन सक्नु नै बुद्धिमानी हुन्छ।

सेनाले सर्पले डसेपछि उपचार गर्ने मात्र नभई समय-समयमा सामुदायमा पुगेर सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्