काठमाडौं– अाजभन्दा करिब ३ दशकअघि अस्थायी रुपमा शिक्षक सेवामा प्रवेश गरेका रुपन्देही तिलोत्तमाका शशी पौडेल २०५० सालमा स्थायी भए। स्थायी भएको ८ वर्षसम्म उनले स्थानीय जन जागृति माध्यामिक विद्यालयमै अध्यापन गरिरहे। जब, सन् २००१ तिर उनलाई अमेरिका भ्रमण गर्ने अवसर मिल्यो। पौडलेमा खुसीको सिमा रहेन।
दुई वर्षे कागजी बिदा लिएर उनी अमेरिका भ्रमणमा पनि निस्किए। राम्रो अवसर पाए उतै पेसा व्यावसाय गर्ने लक्ष्यसहित पौडेल अमेरिका पुगेका थिए। तर, सोच अनुसारको उपलब्धि हुने नदेखेपछि उनी एक सातामै नेपाल फर्किए। त्यही अमेरिका बसाईले उनलाई पुनः शिक्षण पेशामा फर्किन बल दिएन, बरु एक सफल व्यवसायिक कृषक बन्ने अवस्थासम्म ल्याइ पुर्यायो।
अमेरिकाबाट फर्केपछि उनले मिडिया, अस्पताल, स्कुल तथा बैंकलगायत क्षेत्रमा लगानी नगरेका होइनन्। लगानी विस्तार गर्दै जाँदा पौडेल रेडियो लुम्बिनीको अध्यक्षसम्म भए। पश्चिमाञ्चल विकास बैंकको निर्देशक पनि बने। पेसा व्यवसाय गर्दै जाँदा उनलाई पैसाको कहिल्यै कमी भएन। तर, उनको दिल र दिमागमा विद्यार्थी हुँदा ताका धेरै पढेको र सुनेको शब्द सलबलाउन थाल्यो। शब्द थियो ‘कृषि प्रधान देश नेपाल’। सुन्दा सामान्य लागेपनि कृषकका छोरीछोरीका लागि यो शब्द सामान्य लाग्ने कुरै भएन। त्यही सामान्य मानिएको शब्दभित्रको जोडघटाउमा पौडेल अभ्यस्त हुनपुगे र सफल पनि बन्न पुगे।
पौडेलका अनुसार गाई खरिद र संरचना निर्माणमा हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। तर, जग्गादेखि अन्य क्षेत्रको लगानी जोड्ने हो भने १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको उनले दाबी गरे।
नेपालका धेरै स्थानमा कृषि क्षेत्रले व्यावसायीकरणको रुप लिन सकेको छैन। कतिपय स्थानमा कृषकलाई आजसम्म पनि समाजले तल्लो दर्जामा राखेर हेर्ने अवस्था नभएको होइन। त्यसमाथि कृषि पेसा जीवन निर्वाहमुखी मात्रै छ। बिक्रीवितरण गर्नै परेपनि घरायसी प्रायोजनपछि बढी भएको अवस्थामा मात्रै बजार पठाउने चलन आजसम्म पनि यथावत नै छ। यस्ताे अवस्थामा पाैडेलले तत्कालिन अवस्था झेलेकाे अवस्था सहजै अाँकलन गर्न सकिन्छ। करिब ९ वर्षअघि व्यावसायिक गाइपालन सुरु गरेका पौडेलले पुराना दिन सम्झिँदै भने, ‘समाजले कृषि पेसा गर्नेलाई तल्लो दर्जामा राखिन्थ्याे। झन्झटिलो र फोहोरी काम हो भन्दै परिवार तथा साथीभाइले पनि किन यस्तो काम गर्छस् भन्थे। तर, मैले हिन्दु धर्मावलम्बीहरुले लक्ष्मी माता भनेर पुजा गर्ने गाईकाे पालन गर्ने अठोट गरें।’

सोही अठोटलाई मुर्त रुप दिन उनले तिलोत्तमा नगरपालिका–१४ मा ५ सय गाई पाल्न सकिने टहरा निर्माण गर्ने कार्य अगाडि बढाए। टहरा निर्माणसँगै पौडेल धेरै दूध दिने गाईको खोजीमा हिँडे। खोजीका क्रममा विज्ञहरुको सुझावका आधारमा उनको आँखा अमेरिकन ब्रिडका जर्सी र होलिस्टेन फ्रिजिएन जातका गाईमा पर्याे। पौडेलले केही गाई नेपालकै विभिन्न ठाउँबाट खरिद गरे भने बाँकी भारतबाट।
सुरु गरेको केही समयपछि नै गोठमा गाईको संख्या थपिँदै गएपछि २०६७ मा उनले आफ्नो व्यवसायलाई दर्ता गर्ने सोच बनाए र नाम दिए ‘लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च फार्म’। पौडेलको गाई फार्ममा अहिले झन्डै ५ सयको हाराहारीमा गाई छन्। जसमध्ये १ सय ७० भन्दा बढी गाई त दुहुना नै छन्। ‘त्यतिकै हाराहारीमा ब्याउने गाई पनि छन्। गोठमा कुनैपनि गाईलाई दाम्लोले बाँधेर राख्नुपर्दैन।’, पाैडेल भन्छन्, ‘गाई दुहुने बेला आफैं लाइनमा बस्छन्। त्यसमाथि सबै गाईलाई मेसिनबाटै दुहुने काम हुन्छ।’
‘पहिलो चरणमा ५ सय घनमिटर ग्यासबाट ३ सय किलोवाट बिजुली निकाल्ने तायरीमा छौं। त्यसपछि फेरी ६ सय घनमिटरको प्लान्ट बनाएर दोस्रो चरणमा ४ सय ४१ किलोवाट बिजुली उत्पादन हुनेछ।’
पोडेलको गाई फार्ममा एकै पटकमा २० देखि २५ वटासम्म गाई दुहुन मिल्ने गरी मेसिन जडान गरिएको छ। एक दिनमा कम्तिमा २ हजार लिटर दूध उत्पादन हुन्छ। पौडेलेको फार्मले उत्पादन गरेको दूध सोझै भैरहवा र बुटवल बजारमा बिक्री हुन्छ। ‘फार्मले डेरी मार्फत दूध बेच्ने काम गर्छ। फ्याटका आधारमा प्रतिलिटर ६० देखि ६५ रुपैयाँसम्म दूध बिक्री हुन्छ।’, उनी भन्छन्, ‘तर, माग अनुसारको दूध बजार पुर्याउन सकिएको छैन।’ अहिले दुध बेचेर पौडेलको दैनिक आम्दानी १ लाखदेखि १ लाख ३० हजार रुपैयाँसम्म हुने गरेको छ।
‘दूध बिक्रिबाट भएको आम्दानीमध्ये ६० प्रतिशत दैनिक खर्चमै जान्छ।’, उनी भन्छन्, ‘तर ३५ जनालाई प्रत्यक्ष रोजगारी दिन पाएकोमा सन्तुष्ट छु।’ उनले गाईका लागि आवश्यक दाना तथा पराल सकेसम्म नेपाली बजारबाटै लिने गर्छन्। नपाएको अवस्थामा भने भारतबाट आयात गर्ने गरेको उनी बताउँछन्।
पौडेलका अनुसार गाई खरिद र संरचना निर्माणमा हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। तर, जग्गादेखि अन्य क्षेत्रको लगानी जोड्ने हो भने १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको उनले दाबी गरे। लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च फार्मको आम्दानीकाे स्रोत दूध मात्रै छैन। पौडेल भन्छन्, ‘धेरै दूध दिने गाईसमेत बेच्दै आएका छौं। एउटै गाई १ लाख देखि डेढ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। हाम्रा लागि यो आम्दानीको वैकल्पिक स्रोत बन्दै आएको छ।’

गोबरबाट बिजुलीे
पौडेलको गाई फार्मबाट अबको केही महिनामै ३ सय किलोवाट बिजुली पनि उत्पादन हुँदैछ। समग्रमा भने फार्मले गाईको गोबरबाट ७ सय ४१ किलोवाट बिजुली उत्पादन गर्ने योजना सहित काम गरिरहेको पाैडेल बताउँछन्। बिजुली उत्पादनका लागि आवश्यक संरचना निर्माण भइसकेको पनि पौडेलले बताए।
उनी भन्छन्, ‘पहिलो चरणमा ५ सय घनमिटर ग्यासबाट ३ सय किलोवाट बिजुली निकाल्ने तायरीमा छौं। त्यसपछि फेरी ६ सय घनमिटरको प्लान्ट बनाएर दोस्रो चरणमा ४ सय ४१ किलोवाट बिजुली उत्पादन हुनेछ।’
व्यवसाय सुरु गरेको करिब ९ वर्षको अवधिमा पोडेलको आम्दानी र सन्तुष्टि दुवैको ग्राफ बढ्दो क्रममा छ। त्यसमाथि पहिले ‘अप्ठेरो हुन्छ, काम नथाल’ भन्नेहरु अहिले आफ्नो प्रशंसामा जतिपनि शब्द खर्चिन तयार भएको देख्दा उनलाई भित्रैदेखि आनन्द मिल्छ।
यसरी गाईको गोबरबाट निकालिएको बिजुली फार्मकै लागि प्रयोग हुने उनले बताए। ‘दूध दुहुन, चिस्याउन, पानीको लागि बोरिङ्ग चलाउने लगायतका काममा बिजुलीको उपयोग गरिनेछ।’ आन्तरिक खपतपश्चात् बढी भएको बिजुली भने सरकारलाई बिक्री गर्ने फार्मको तयारी छ। कृषक पौडेलले खेर गइरहेको गोबरको प्रभावकारी उपयोग गर्नका लागि बिजुली उत्पादन गर्न लागिएको स्पष्ट पारे।
इजरायली कम्पनीको ‘जोइन्ट भेन्चर’मा डेरी प्रोडक्ट उत्पादन
पौडेलको गाई फार्मले इजरायली कम्पनीसँगको ‘जोइन्ट भेन्चर’मा अन्तर्राष्ट्रिय गुणस्तर कायम हुने गरी डेरी प्रोडक्ट उत्पादनको समेत तयारी थालेको छ। कम्पनीले केही प्रतिशत सेयर पनि पाउँछ। तर, डेरी प्रोडक्ट उत्पादनमा भने इजरायली कम्पनीकै व्यवस्थापन देखि प्रविधिको समेत उपयोग हुनेछ। ‘फार्मले यसरी उत्पादन हुने वस्तु विश्वबजार लक्षित गरेर उत्पादन गर्न लागेको छ। तर, पहिलो चरणमा काठमाडौं प्रमुख बजार हुने छ।’, उनले भने।
व्यवसाय सुरु गरेको करिब ९ वर्षको अवधिमा पोडेलको आम्दानी र सन्तुष्टि दुवैको ग्राफ बढ्दो क्रममा छ। त्यसमाथि पहिले ‘अप्ठेरो हुन्छ, काम नथाल’ भन्नेहरु अहिले आफ्नो प्रशंसामा जतिपनि शब्द खर्चिन तयार भएको देख्दा उनलाई भित्रैदेखि आनन्द मिल्छ। भन्छन्, ‘कतिले त मेरै फार्मबाट गाई किनेर दैनिक मनग्गे आम्दानीसमेत गरिरहेका छन्। अहिले आएर यस्तो लाग्छ कि कृषक बनेर पनि उदाहरणीय हुन सकिँदाे रहेछ। आखिर गरे के हुँदो रहेनछ र?’
(लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरका सञ्चालक पौडेल मंगलबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदकबाट विभुषित भएका पशु उद्दमी हुन्। यसअघि पनि पौडेल पूर्वराष्ट्रपति रामवरण यादवद्वारा विकास रत्न विभुषणबाट विभुषित भइसकेा छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।