Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गाईले दिलाएका दुई पदक

64x64
नेपाल लाइभ मंगलबार, भदौ १९, २०७५  १४:१९
1140x725

काठमाडौं– अाजभन्दा करिब ३ दशकअघि अस्थायी रुपमा शिक्षक सेवामा प्रवेश गरेका रुपन्देही तिलोत्तमाका शशी पौडेल २०५० सालमा स्थायी भए। स्थायी भएको ८ वर्षसम्म उनले स्थानीय जन जागृति माध्यामिक विद्यालयमै अध्यापन गरिरहे। जब, सन् २००१ तिर उनलाई अमेरिका भ्रमण गर्ने अवसर मिल्यो। पौडलेमा खुसीको सिमा रहेन।

दुई वर्षे कागजी बिदा लिएर उनी अमेरिका भ्रमणमा पनि निस्किए। राम्रो अवसर पाए उतै पेसा व्यावसाय गर्ने लक्ष्यसहित पौडेल अमेरिका पुगेका थिए। तर, सोच अनुसारको उपलब्धि हुने नदेखेपछि उनी एक सातामै नेपाल फर्किए। त्यही अमेरिका बसाईले उनलाई पुनः शिक्षण पेशामा फर्किन बल दिएन, बरु एक सफल व्यवसायिक कृषक बन्ने अवस्थासम्म ल्याइ पुर्‍यायो।

अमेरिकाबाट फर्केपछि उनले मिडिया, अस्पताल, स्कुल तथा बैंकलगायत क्षेत्रमा लगानी नगरेका होइनन्। लगानी विस्तार गर्दै जाँदा पौडेल रेडियो लुम्बिनीको अध्यक्षसम्म भए। पश्चिमाञ्चल विकास बैंकको निर्देशक पनि बने। पेसा व्यवसाय गर्दै जाँदा उनलाई पैसाको कहिल्यै कमी भएन। तर, उनको दिल र दिमागमा विद्यार्थी हुँदा ताका धेरै पढेको र सुनेको शब्द सलबलाउन थाल्यो। शब्द थियो ‘कृषि प्रधान देश नेपाल’। सुन्दा सामान्य लागेपनि कृषकका छोरीछोरीका लागि यो शब्द सामान्य लाग्ने कुरै भएन। त्यही सामान्य मानिएको शब्दभित्रको जोडघटाउमा पौडेल अभ्यस्त हुनपुगे र सफल पनि बन्न पुगे।

पौडेलका अनुसार गाई खरिद र संरचना निर्माणमा हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। तर, जग्गादेखि अन्य क्षेत्रको लगानी जोड्ने हो भने १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको उनले दाबी गरे।

नेपालका धेरै स्थानमा कृषि क्षेत्रले व्यावसायीकरणको रुप लिन सकेको छैन। कतिपय स्थानमा कृषकलाई आजसम्म पनि समाजले तल्लो दर्जामा राखेर हेर्ने अवस्था नभएको होइन। त्यसमाथि कृषि पेसा जीवन निर्वाहमुखी मात्रै छ। बिक्रीवितरण गर्नै परेपनि घरायसी प्रायोजनपछि बढी भएको अवस्थामा मात्रै बजार पठाउने चलन आजसम्म पनि यथावत नै छ। यस्ताे अवस्थामा पाैडेलले तत्कालिन अवस्था झेलेकाे अवस्था सहजै अाँकलन गर्न सकिन्छ। करिब ९ वर्षअघि व्यावसायिक गाइपालन सुरु गरेका पौडेलले पुराना दिन सम्झिँदै भने, ‘समाजले कृषि पेसा गर्नेलाई तल्लो दर्जामा राखिन्थ्याे। झन्झटिलो र फोहोरी काम हो भन्दै परिवार तथा साथीभाइले पनि किन यस्तो काम गर्छस् भन्थे। तर, मैले हिन्दु धर्मावलम्बीहरुले लक्ष्मी माता भनेर पुजा गर्ने गाईकाे पालन गर्ने अठोट गरें।’

सोही अठोटलाई मुर्त रुप दिन उनले तिलोत्तमा नगरपालिका–१४ मा ५ सय गाई पाल्न सकिने टहरा निर्माण गर्ने कार्य अगाडि बढाए। टहरा निर्माणसँगै पौडेल धेरै दूध दिने गाईको खोजीमा हिँडे। खोजीका क्रममा विज्ञहरुको सुझावका आधारमा उनको आँखा अमेरिकन ब्रिडका जर्सी र होलिस्टेन फ्रिजिएन जातका गाईमा पर्‍याे। पौडेलले केही गाई नेपालकै विभिन्न ठाउँबाट खरिद गरे भने बाँकी भारतबाट।

सुरु गरेको केही समयपछि नै गोठमा गाईको संख्या थपिँदै गएपछि २०६७ मा उनले आफ्नो व्यवसायलाई दर्ता गर्ने सोच बनाए र नाम दिए ‘लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च फार्म’। पौडेलको गाई फार्ममा अहिले झन्डै ५ सयको हाराहारीमा गाई छन्। जसमध्ये १ सय ७० भन्दा बढी गाई त दुहुना नै छन्। ‘त्यतिकै हाराहारीमा ब्याउने गाई पनि छन्। गोठमा कुनैपनि गाईलाई दाम्लोले बाँधेर राख्नुपर्दैन।’, पाैडेल भन्छन्, ‘गाई दुहुने बेला आफैं लाइनमा बस्छन्। त्यसमाथि सबै गाईलाई मेसिनबाटै दुहुने काम हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

‘पहिलो चरणमा ५ सय घनमिटर ग्यासबाट ३ सय किलोवाट बिजुली निकाल्ने तायरीमा छौं। त्यसपछि फेरी ६ सय घनमिटरको प्लान्ट बनाएर दोस्रो चरणमा ४ सय ४१ किलोवाट बिजुली उत्पादन हुनेछ।’

पोडेलको गाई फार्ममा एकै पटकमा २० देखि २५ वटासम्म गाई दुहुन मिल्ने गरी मेसिन जडान गरिएको छ। एक दिनमा कम्तिमा २ हजार लिटर दूध उत्पादन हुन्छ। पौडेलेको फार्मले उत्पादन गरेको दूध सोझै भैरहवा र बुटवल बजारमा बिक्री हुन्छ। ‘फार्मले डेरी मार्फत दूध बेच्ने काम गर्छ। फ्याटका आधारमा प्रतिलिटर ६० देखि ६५ रुपैयाँसम्म दूध बिक्री हुन्छ।’, उनी भन्छन्, ‘तर, माग अनुसारको दूध बजार पुर्‍याउन सकिएको छैन।’ अहिले दुध बेचेर पौडेलको दैनिक आम्दानी १ लाखदेखि १ लाख ३० हजार रुपैयाँसम्म हुने गरेको छ।

‘दूध बिक्रिबाट भएको आम्दानीमध्ये ६० प्रतिशत दैनिक खर्चमै जान्छ।’, उनी भन्छन्, ‘तर ३५ जनालाई प्रत्यक्ष रोजगारी दिन पाएकोमा सन्तुष्ट छु।’ उनले गाईका लागि आवश्यक दाना तथा पराल सकेसम्म नेपाली बजारबाटै लिने गर्छन्। नपाएको अवस्थामा भने भारतबाट आयात गर्ने गरेको उनी बताउँछन्।

पौडेलका अनुसार गाई खरिद र संरचना निर्माणमा हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। तर, जग्गादेखि अन्य क्षेत्रको लगानी जोड्ने हो भने १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको उनले दाबी गरे। लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च फार्मको आम्दानीकाे स्रोत दूध मात्रै छैन। पौडेल भन्छन्, ‘धेरै दूध दिने गाईसमेत बेच्दै आएका छौं। एउटै गाई १ लाख देखि डेढ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। हाम्रा लागि यो आम्दानीको वैकल्पिक स्रोत बन्दै आएको छ।’

गोबरबाट बिजुलीे

पौडेलको गाई फार्मबाट अबको केही महिनामै ३ सय किलोवाट बिजुली पनि उत्पादन हुँदैछ। समग्रमा भने फार्मले गाईको गोबरबाट ७ सय ४१ किलोवाट बिजुली उत्पादन गर्ने योजना सहित काम गरिरहेको पाैडेल बताउँछन्। बिजुली उत्पादनका लागि आवश्यक संरचना निर्माण भइसकेको पनि पौडेलले बताए।

उनी भन्छन्, ‘पहिलो चरणमा ५ सय घनमिटर ग्यासबाट ३ सय किलोवाट बिजुली निकाल्ने तायरीमा छौं। त्यसपछि फेरी ६ सय घनमिटरको प्लान्ट बनाएर दोस्रो चरणमा ४ सय ४१ किलोवाट बिजुली उत्पादन हुनेछ।’

व्यवसाय सुरु गरेको करिब ९ वर्षको अवधिमा पोडेलको आम्दानी र सन्तुष्टि दुवैको ग्राफ बढ्दो क्रममा छ। त्यसमाथि पहिले ‘अप्ठेरो हुन्छ, काम नथाल’ भन्नेहरु अहिले आफ्नो प्रशंसामा जतिपनि शब्द खर्चिन तयार भएको देख्दा उनलाई भित्रैदेखि आनन्द मिल्छ।

यसरी गाईको गोबरबाट निकालिएको बिजुली फार्मकै लागि प्रयोग हुने उनले बताए। ‘दूध दुहुन, चिस्याउन, पानीको लागि बोरिङ्ग चलाउने लगायतका काममा बिजुलीको उपयोग गरिनेछ।’ आन्तरिक खपतपश्चात् बढी भएको बिजुली भने सरकारलाई बिक्री गर्ने फार्मको तयारी छ। कृषक पौडेलले खेर गइरहेको गोबरको प्रभावकारी उपयोग गर्नका लागि बिजुली उत्पादन गर्न लागिएको स्पष्ट पारे।

इजरायली कम्पनीको ‘जोइन्ट भेन्चर’मा डेरी प्रोडक्ट​ उत्पादन

पौडेलको गाई फार्मले इजरायली कम्पनीसँगको ‘जोइन्ट भेन्चर’मा अन्तर्राष्ट्रिय गुणस्तर कायम हुने गरी डेरी प्रोडक्ट उत्पादनको समेत तयारी थालेको छ। कम्पनीले केही प्रतिशत सेयर पनि पाउँछ। तर, डेरी प्रोडक्ट उत्पादनमा भने इजरायली कम्पनीकै व्यवस्थापन देखि प्रविधिको समेत उपयोग हुनेछ। ‘फार्मले यसरी उत्पादन हुने वस्तु विश्वबजार लक्षित गरेर उत्पादन गर्न लागेको छ। तर, पहिलो चरणमा काठमाडौं प्रमुख बजार हुने छ।’, उनले भने।

व्यवसाय सुरु गरेको करिब ९ वर्षको अवधिमा पोडेलको आम्दानी र सन्तुष्टि दुवैको ग्राफ बढ्दो क्रममा छ। त्यसमाथि पहिले ‘अप्ठेरो हुन्छ, काम नथाल’ भन्नेहरु अहिले आफ्नो प्रशंसामा जतिपनि शब्द खर्चिन तयार भएको देख्दा उनलाई भित्रैदेखि आनन्द मिल्छ। भन्छन्, ‘कतिले त मेरै फार्मबाट गाई किनेर दैनिक मनग्गे आम्दानीसमेत गरिरहेका छन्। अहिले आएर यस्तो लाग्छ कि कृषक बनेर पनि उदाहरणीय हुन सकिँदाे रहेछ। आखिर गरे के हुँदो रहेनछ र?’

(लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरका सञ्चालक पौडेल मंगलबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदकबाट विभुषित भएका पशु उद्दमी हुन्। यसअघि पनि पौडेल पूर्वराष्ट्रपति रामवरण यादवद्वारा विकास रत्न विभुषणबाट विभुषित भइसकेा छन्।)

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०७५  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
‘मानिस होइन, वस्तु निर्यात गरेर देश समृद्ध बन्छ’ : प्रधानमन्त्री शाह मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्