काठमाडौं– सुन तस्करी प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका कृष्णबहादुर महराका छोरा राहुल महरालाई अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ।
बुधबार दिउँसो नियन्त्रणमा लिइएका राहुललाई सीआईबीले म्याद अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो।
प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद अनुमति मागेको थियो। तर अदालतले पाँच दिनको अनुमति दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।