• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

६० किलो सुन तस्करी प्रकरण: यी हुन् अहिलेसम्म पक्राउ परेका २४ आरोपी

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०८०  १४:०७
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरएको अवस्थामा बरामद भएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा अहिलेसम्म २४ जना पक्राउ परेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रचण्डको निर्देशनपछि सुनको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को रेकर्डअनुसार यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ।

सीआईबीले टेक्निकल (प्राविधिक) पक्षलाई केन्द्रमा राखेर गरेको अनुसन्धानको क्रममा बुधबार मात्रै काठमाडौं उपत्यकाबाट एक नेपाली नागरिक पाल्पा घर भएका गणेश पौडेल पक्राउ परेका छन्। यो सुन तस्करी प्रकरणमा उनको भूमिका के भन्नेबार सीआईबीले केही खुलाएको छैन। उनी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको हो।

उनीभन्दा अघि सीआईबीको टोलीले भदौ १ गते दुई चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्गलाई पक्राउ गरेको थियो। उनीहरु दुबै जनालाई सीआईबीको टोलीले त्यतिबेला काठमाडौंबाटै पक्राउ गरेको थियो।  यसअघि साउन ३१ गते नै सीआईबीको टोलीले ४ चिनियाँलाई पक्राउ गरेको थियो। टियान मि, विङ टङ, डिङ सेग्फा, लि नेङकाईलाई पक्राउ गरेको थियो। 

सुन बरामद भएको घटना सार्वजनिक भएको भोलिपल्टै चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते लिन चुवान भनिने जिक्वान लिनलाई पक्राउ गरेको थियो। 

सुन बरामद भएकै रात साउन २ गते राजस्वको टोलीले ६ जनालाई पक्राउ गरेको थियो। भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा विभागको टोलीले ट्याक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो। लामा बा २ ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सार कार्यालयबाट बाहिर निकालिएको थियो। 

उनीसँगै सुन आएको रेडी ट्रेडका सञ्चालक दोलखा घर भइ काठमाडौं बस्दै आएका २१ वर्षीय दीलिप भुजेल पनि पक्राउ परेका थिए। भुजेलको रेडी ट्रेडमार्फत् स्कुटर तथा मोटरसाइकलको ब्रेक प्याडको रुपमा उक्त सुन भित्रिएको थियो।

त्यसैगरी दोलखा मेलुङ गाउँपालिका–३ घर भइ काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भइ हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई गरी ६ जना पक्राउ परेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

साउन ४ गते राति नै राजस्वको टोलीले तीन जना कार्गो कम्पनीको सञ्चालकहरू राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्टलाई पक्राउ गरेको थियो। साउन ७ गते ३ भन्सार कर्मचारी र ३ भन्सार एजेन्ट पनि पक्राउ परेका थिए। विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी पक्राउ परे। त्यसैगरी भन्सार एजेन्टहरू सुदर्शन गौतम, रुक्मणी सुब्बा र यादव पराजुली पक्राउ परेका थिए।

साउन १० गते नुवाकोट घर भएका सुरेन्द्र तामाङ पक्राउ परे। साउन १४ गते भने राजस्वको टोलीले ठमेलस्थित भियना होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये रुक्मणीलाई हाजिरी जमानीमा छाडिएको छ।

क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएपछि राजस्वको टोलीले अपरेशन चलाएको थियो।

सुरुमा राजस्वले अनुसन्धान गरे पनि प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि अहिले सीआईबीले यो प्रकरणको अनुसन्धान गरिरहेको छ। यो सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीले विशेषगरी प्राविधिक पक्षलाई केन्द्रमा राखेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सीआईबीले सुरुमा एसपी सञ्जयसिंह भण्डारीको नेतृत्वमा अनुसन्धान टोली बनाएर अनुसन्धान गरेकोमा अहिले एआईजी किरण बज्राचार्यको कमाण्डमा अनुसन्धान भइरहेको छ। यही सुन प्रकरणको थप अनुसन्धान तथा सूचना संकलनका लागि भन्दै सीआईबीका एसएसपी दिनेश आचार्य मंगलबार राति हङकङ गएका छन्। 

त्यसैगरी नेपाल प्रहरीले प्रहरीको अपराध नियन्त्रणका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग पनि सहयोग मागेर यो घटनाको अनुसन्धान गरिरहेको छ।

पक्राउ परेकाहरूको मोबाइल तथा सिमकार्ड, त्यसमा आएको फोनकल तथा म्यासेजको विवरणहरू, टेक्निकल एनालाइसिस र फर्म्याट तथा डिलेट भएका विवरणहरूको रिकभर गरेर अनुसन्धान गर्ने काम सीआईबीले गरिरहेको छ।

प्रतिवादीवादीहरूबाट बरामद भएका फोनहरू पनि जाँचका लागि फरेन्सिक ल्याबमा पठाउने र उनीहरूको कनेक्सन को–कोसँग देखिन्छ त्यसतर्फ अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले जनाएको छ।

योसँगै यसअघि पक्राउ परेका सुन तस्करहरूसँग सम्बन्ध भए/नभएको, विभिन्न छानबिन समितिले औंल्याएका तथा अनुसन्धान हुनुपर्ने भनेर सुझाएका पक्ष तथा व्यक्तिहरूमा केन्द्रित रहेर पनि अनुसन्धानलाई अघि बढाइएको सीआईबीले जनाएको छ।

सुन तस्करी प्रकरणमा अहिलेसम्म पक्राउ परेकाहरूको विवरणअनुसार ३ देशका नागगरिक प्रत्यक्ष रुपमा जोडिएका छन्। चीन, भारत र नेपाल गरी तीन देशका नागरिक यो प्रकरणमा जोडिएको खुलेको छ।

अर्कोतर्फ सुन हङकङबाट नेपाल आउने र यहाँबाट स्थलमार्ग हुँदै भारत सप्लाइ हुने अहिलेसम्मको अनुसन्धानले देखाएकाले पनि अपराधमा त्रिदेशीय कनेक्सन देखिएकाले सोही अनुसार अनुसन्धान अघि बढाइएको छ।

सीआईबीले अहिले संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ। यो कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ। जसअनुसार अहिले पक्राउ परेकाहरूको ६० दिन असोज २ गते पूरा हुने भएकाले असोज २ गतेभित्र अदालतमा यो मुद्दा टेकाइसक्नुपर्ने बाध्यता सीआईबीलाई छ। सोही अनुसार अनुसन्धानलाई तीव्रता दिइएको सीआईबीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली क्रिकेट अमर रहोस्: बालेन
ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला निर्वाचित
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ?
सम्बन्धित सामग्री
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चाल... सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
नेपाली क्रिकेट अमर रहोस्: बालेन सोमबार, कात्तिक ९, २०८३
ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला निर्वाचित सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? सोमबार, कात्तिक ९, २०८३
एनपीएलकाे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै सोमबार, कात्तिक ९, २०८३
आजका लागि तोकियो अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको विनिमय दर, के को कतिमा हुन्छ खरिद बिक्री सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्