काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सरुवा माग्दै सामूहिक रुपमा पत्र पठाएका छन्। भन्सार विभागका महानिर्देशकलाई १३७ कर्मचारीले मंगलबार पत्र पठाउँलै सरुवा माग गरेका हुन्।
सरुवा माग गर्नेहरूमा २८ जना भन्सार अधिकृतसहित १३७ जना छन्। ६० किलो सुन तस्करी प्रकरणपछि विभिन्न बहानामा आफूमाथि मानसिक तनाव दिने गरेको, थाहै नभएको घटनामा जोड्ने गरेको र काम गर्न समेत असहज भएको भन्दै उनीहरुले सामूहिक सरुवा माग गरेका हुन् ।
‘सो घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो दुई मत रहेन तर कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुन्ने, पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्य जिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’ महानिर्देशकलाई पठाएको पत्रमा उल्लेख गरिएको छ।
सामूहिक राजीनामा माग्ने कर्मचारीहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।