• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसदको प्रश्न–डुबान नियन्त्रण कहिले हुन्छ?, प्रधानमन्त्रीको जवाफ– खोला सरकारले ल्याएको होइन

64x64
किशोर दहाल मंगलबार, भदौ १९, २०७५  १०:१२
1140x725

काठमाडौं– मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गरेको विषयमा करिब ३५ मिनेट आफ्नो धारणा राखे। त्यसपछि सांसहरुले उनलाई विभिन्न प्रश्नहरु सोधे। त्यसैमध्येका एक थिए, राजपाका सांसद महेन्द्र राय यादव। उनले बुँदागत रुपमा तीनवटा प्रश्न राखेका थिए।

यादवले दोस्रो प्रश्न सोधे– नदि नियन्त्रण र चुरे संरक्षणका बारेमा नेपाल र भारतका बीचमा जुन समझदारी बन्यो, त्यो कहिलेसम्म कार्यान्वयन हुन्छ?

उनले तेस्रो प्रश्न पनि उस्तै समस्यामा रहेर सोधे– कोशी नदिको बाढीले अहिले पाँच सय घर डुबान भएको छ। यसको कहिलेसम्ममा नियन्त्रण हुनसक्छ?

प्रधानमन्त्रीले आफ्नो जवाफको अन्तिमतिर यादवको प्रश्न माथि बोलेका थिए। सुरुमा उनले यादवको प्रश्न सार्वजनिक खपतका लागि उठाइएको भन्दै हल्कारुपमा लिए।

त्यसपछि उनले आफ्ना कुरा राखे– 'बाढीको कुराहरु छन्। नेपालमा खोलाहरु नियन्त्रण गर्न सकिएको छैन। यो खोला ६ महिनामा यो सरकारले ल्याएको पनि होइन। हामी प्रयास गर्दैछौं कि नदि नियन्त्रण होस्। नदि नियन्त्रण गरौं। जनताले दुःख नपाउन्। अहिले हामी उद्दारका काममा, राहतका काममा केन्द्रित भएका छौं। उद्दार र राहतको काम भइरहेको छ। सरकार अत्यन्त संवेदनशील छ।'

यस्तै, आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले बिम्स्टेक बैठकलाई सफलतापूर्वक सम्पन्न गरेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै ओलीले भने, 'बिम्स्टेक त बल्ल सुरु भएजस्तो लाग्यो।'

बिम्स्टेक बैठक सदस्य राष्ट्रहरुबीच कुनै तनाब नभई अत्यन्त सहजताका साथ साझा निष्कर्षहरु निकालिएको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी दिए।

'शिखर सम्मेलनको सफलताले नेपालको प्रभाव, प्रतिष्ठा, विश्वसनीयता, क्षमता आदि वृद्धि गरेको छ', प्रधानमन्त्रीले भने, 'नेपालले गर्न सक्छ र व्यवस्थित ढंगले गर्न सक्छ भन्ने कुरा देखिएको छ।'
प्रधानमन्त्रीले बिम्स्टेक अन्तर्गतको क्षेत्रीय सहयोगलाई थप प्रभावकारी र उपलब्धीमूलक बनाउनका लागि महत्त्वपूर्ण विषयहरु समेटिएको घोषणापत्र जारी गरिएको जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

'बिम्स्टेकको चौथो सम्मेलनको घोषणापत्रले केही मुख्य विषयहरुलाई समेटेको छ', प्रधानमन्त्रीले भने, 'पञ्चशीलका सिद्धान्त, सार्वभौमसत्ताको समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामलामा अहस्तक्षप र शान्तिपूर्ण सहअस्तित्व तथा आपसी लाभका आधारमा बिम्स्टेक सदस्य राष्ट्रहरुबीच सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।'

प्रधानमन्त्रीले सार्कलाई विस्थापित गर्न बिम्स्टेक नआएको बताए। 'सार्क राष्ट्रहरुका बीचमा कहीँ असमझदारीका पक्षहरु छन् भने पनि त्यसैमा अल्झिनु हुँदैन', उनले भने, 'सार्कले हामीलाई नोक्सान गरेको छैन। फाइदै गरेको छ। बाञ्छित उपलब्धी हामीले लिन सकेनौं होला। कतिपय कारण त्यसका पछाडि होलान्। तर त्यसलाई विस्थापित गर्न बिम्स्टेक आएको होइन। र, सार्क भएपछि बिम्स्टेक हुन हुँदैन भन्ने कुरा पनि होइन। सार्कको बैठक स्थगित भएपछि बिम्स्टेको सुरुवात भएको होइन। बिम्स्टेकको सुरुवात १९९७ मै भएको हो।'

उनले सार्कको अध्यक्ष आफूहरु भएको भए सार्कको पनि सम्मेलन गर्नसक्ने बताए।

प्रधानमन्त्रीले 'रिट्रिट'का लागि तोकिएको ठाउँ बदल्नुपरेकोमा सांसदहरुलाई जवाफ दिएका थिए। 'हामीले रिट्रिटको प्रबन्ध फरक राखेका थियौं। तर मौसमका कारण त्यो प्रबन्ध बदल्नुपर्‍यो', उनले भने, 'तर कार्यक्रमका बीचमा होइन। कार्यक्रमभन्दा अघि नै बदलेर सोल्टीभित्र रिट्रिटका कार्यक्रम राखेका थियौं।'

सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा भने प्रधानमन्त्रीले चउरमा पानी परेर रिट्रिट स्थल फेर्नुपरेको बताए। 'रिट्रिट जहाँ गर्ने भनिएको थियो। पानी परेर जहाँ रिट्रिट गर्ने भनिएको थियो, त्यो उपयुक्त भएन', उनले सोधे, 'त्यो हाम्रो अयोग्यता हो?' 

रिट्रिटका क्रममा राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका बीचमा हार्दिकतापूर्वक तथा खुला छलफल भएको प्रधानमन्त्रीले जानकारी दिए। 'रिट्रिट फलदायी भएको थियो', उनले भने।

प्रधानमन्त्रीले म्यानमार र श्रीलंकाका राष्ट्रपतिको बिम्स्टेक भ्रमणलाई दुई पक्षीय औपचारिक भ्रमणको रुप दिएको बताए। 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिम्स्टेकपछि दुई पक्षीय काम र कुराकानीहरु भए' प्रधानमन्त्रीले भने, 'त्यसलाई पनि दुई पक्षीय भ्रमणकै तहमा व्यवहार गर्‍यौं।'

यस्तैगरी, प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रबीच कुनै पनि किसिमको सैन्य अभ्यास गर्ने सम्बन्धी सम्झौता नभएको स्पष्ट पारे।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले बिमस्टेक सम्मेलनमा नेपालले सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता गरेको भन्दै त्यसबारे जवाफ माग गरेपछि प्रधानमन्त्री ओलीले त्यस्तो सम्झौता नभएको स्पष्ट पारेका हुन्। उनले कुनै पनि आतंकवादी गतिविधि हुन नदिने भन्ने सन्र्दभमा सदस्य राष्ट्रबीच भएको सहमतिलाई सैन्य अभ्यासको रुपमा नबुझ्न आग्रह गरे। 

सम्पूर्ण विकास र कनेक्टिभिटीको कुरा भएको भन्दै उनले भने, ‘नेपाल मिलिटरी प्याक्टमा विश्वास पनि गर्दैन। मिलिटरी प्याक्टभित्र पस्दा पनि पस्दैन। यो कुनै सरोकारको विषय होइन।’

सहयोग आदानप्रदान विगतमा पनि हुने गरेको भन्दै उनले भने, ‘सैन्य अभ्यास, कहाँबाट आयो सैन्य अभ्यास? मन्त्री भइसकेका माननीयजीहरुले कुरो गरेको देख्दा पो छक्क लाग्छ। हाम्रा मिलिटरी कलेजमा विभिन्न देशका आउछन्, अध्ययन गर्छन्। डिग्री लिन्छन्, जान्छन्।’

सैनिक अभ्यास भारत, चीन तथा अमेरिकासँग पनि हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘संयुक्त सैनिक अभ्यास र बिमस्टेकलाई कुनै मिलिटरी प्याक्टमा बदल्न खोजेको देखिन्छ र घोषणा पत्रमा?’

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०७५  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्