काठमाडौं- नेकपा एकीकृत समाजवादीनिकटको विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ नेतृत्व आएको छ।
काठमाडौंमा गरिएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामाको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन गरेको हो।
यसैगरी महासचिवको जिम्मेवारी महेश श्रेष्ठले पाएका छन्। अनेरास्ववियुमा लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो।
अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी संगठनबाट बिदा लिएका छन्। एमाले विभाजनपछि पराजुलीको नेतृत्वमा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन बनाइएको थियो।
राजनीतिमा फोहोर छ भनेर ढोकाबाट हेर्ने होइन, भित्रै पसेर सफा गर्ने हो : आरती लामा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।