• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
राजनीतिको प्रश्न गर्ने पुस्ता-२

‘राजनीतिमा फोहोर छ भनेर ढोकाबाट हेर्ने होइन, भित्रै पसेर सफा गर्ने हो’

डिबी खड्का/लिलु डुम्रे शनिबार, माघ २४, २०७७  ०८:१९
1140x725

देशको भविष्य जोडिएको हुन्छ, राजनीतिमा। तर यतिबेला राजनीति ‘हजुरबा पुस्ता’का नेताहरुको व्यंग्य–कला प्रस्तुत गर्ने रङ्गमञ्च जस्तै बनेको छ। त्यो रंगमञ्चमा रोमाञ्चित हुने र नहुने आ–आफ्नै पंक्ति छन्। एउटा युवा समूह त्यसमै रोमाञ्चित भएर थपडी बजाउँदै बसेको छ। युवा उमेरकै अर्को ठूलो समूह जीवनको रङ–रमाइलोमै मस्त छ, जसलाई देश–समाजमा हुने यस्ता कुनै उतारचढावले छुँदैन। 

यसको अर्थ वर्तमान पुस्ता राजनीतिक ‘तमासा’को दर्शक वा यसप्रति बेखबर मात्रै छ भन्ने होइन। आरती लामा जस्ता केही युवा राजनीतिज्ञ छन्, जो रङ्गीन पहिरन लगाएर रमाइलो गर्ने उमेरमा ‘कालो पहिरन’मा सडक तताइरहेका छन्।  

नेकपानिकट विद्यार्थी संगठन, अनेरास्ववियुकी नेतृ लामाले कालो पहिरन लगाउन थालेको १ महिना २० दिन भयो। उनी निरन्तर सडकमा आएको पनि त्यति नै समय भएको छ। प्रतिनिधि सभा विघटन विरुद्धका हरेक आन्दोलनमा कालो पहिरन लगाइरहेकी छन् आरती। सुरुमा संयोग बन्यो, पछि उनले कालै लगाउने अठोट लिइन्। कालै पहिरन लगाएर जुलुसमा निस्कनुपर्छ भन्ने महसुस हुनुको कारण चाहिँ प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने सभामा कालो मास्क र टोपीमा प्रतिबन्ध लगाउने घोषणाले उद्वेलित पार्नु थियो। ‘प्रधानमन्त्री सहभागी हुने सभामा कालो मास्क र टोपीमा प्रतिबन्ध लगाउन थालियो। देशलाई अँध्यारो सुरुङतर्फ डो¥याइरहेका उहाँलाई अँध्यारो (कालो) रङप्रति त्रास रहेछ’, आरतीले सुनाइन्।

ओली कालो रङसँग तर्सिएपछि उनले त्यसलाई आफूले मात्र निरन्तरता दिइनन्, सकेसम्म अरु धेरैलाई यस्तै पहिरनमा आन्दोलनमा उत्रिन आग्रह गरिन्। कालोसँग जोडिएर हुने रङ्गभेदका विषयमा आरती सचेत छिन्। स्पष्टीकरण दिइहालिन्, ‘यो रङ्गप्रति घृणा होइन, ओलीले यसलाई विरोधको संकेतका रुपमा बुझेका छन्। विरोध गर्नका लागि हामी कालो पहिरनमा छौं।’

उनी सडकमा छिन्। कहिले हातमा राँको बालेर प्रहरीसँग भिडिरहेकी हुन्छिन्। कहिले हातमा लालटिन लिएर ‘संविधानको उज्यालो’ निभ्न लागेको संकेत गरिरहेकी हुन्छिन्। आरतीसँग पुस/माघको चिसोमा पानीका फोहराबाट कठ्यांग्रिएको अनुभव छ। प्रहरीको लाठीसँग साक्षात्कार गरेका निलडाम पनि छन् र (पुरुष) प्रहरीको दुव्र्यवहार भोगेको तितो पनि उनले पटक–पटक महसुस गरेकी छिन्। 

त्यसैले जान्छिन् जुलुसमा
किन छिन् त उनी सडकमा? यो प्रश्नका अनगिन्ती उत्तर छन् आरतीसँग। उनले कवि विनोदविक्रम केसीको ‘जुलुसमा गइरहने मान्छे’ कविताका शब्दलाई आफ्नै भावना बनाएकी छन्।  
म तानाशाहलाई घृणा गर्छु
खिया लागेका मान्छेलाई पनि उत्तिकै घृणा गर्छु
र, आफूलाई खिया लाग्नबाट जोगाउन 
म जुलुस जाने गर्छु

आरतीलाई लाग्छ, देशको संकटबाट पार लाउने सारथी युवा हुन्। ‘जब व्यवस्थामाथि कोही धावा बोल्छ वा जनताले परिवर्तनको अपेक्षा गर्छन्, त्यो बेला आन्दोलनको अग्रपंक्तिमा आउनुपर्ने युवा नै हुन्। इतिहासको कालखण्डमा व्यवस्था परिवर्तनदेखि लिएर अहिलेसम्म युवा विद्यार्थीले नै महत्वपूर्ण भूमिका खेलेका छन्’, उनको बुझाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

हरेक युवामा आलोचनात्मक चेत हुनुपर्छ। त्यसमा पनि व्यवस्था बदल्न ठूलो भूमिका खेलेको युवा संगठनमा आवद्ध युवामा त झन् अनिवार्य रहेको उनी बताउँछिन्। ‘अनेरास्ववियु सधैं सरकारको प्रतिपक्ष हुने विद्यार्थी संगठन पनि हो। जागरण र दबाब सिर्जना गर्ने विद्यार्थी संगठन हो। केपी ओलीलाई समर्थन गर्ने केही ‘जत्था’ बाहेक सबै सडकमा छौं। किनभने विद्यार्थी स्वभावैले प्रतिपक्ष हो,’ उनको निचोड छ।

संविधान बाहिर रहेर केही निर्णय हुन्छ भने त्यसको खबरदारी युवा–विद्यार्थीले गर्नुपर्ने आरती बताउँछिन्। ‘म सडकमा हुनुको मुख्य कारण नै के सही, के गलत भन्ने छुट्याउने आलोचनात्मक चेत मसँग छ,’ उनले भनिन्। 

मान्छेहरुलाई सडकमा पुगेका नेताहरुको मुद्दा सही लागेको छ। तर नेतृत्वका हिसाबले उनीहरुको ‘परीक्षा’ भइसकेको छ। त्यसैले शासन व्यवस्था नभई ‘अनुहार’ बदल्ने आन्दोलनमा सहभागी हुन रुचि देखाइरहेका छन्। त्यो प्रश्न आरतीलाई पनि सोधिने रहेछ। ‘प्रचण्ड वा माधव नेपालको पक्षमा किन कुदिरहेको भन्ने प्रश्न प्रमुख होइन। संविधानमाथिको प्रहार विरुद्ध हामी संघर्षमा छौं। त्यो संघर्षको नेतृत्व प्रचण्ड र माधवले गरिरहनु भएको छ,’ उनको भनाइ छ, ‘व्यवस्था र संविधानमाथि केपी ओलीले गरेको प्रहार पछि त्यसका विरुद्धमा उभिएको हुँ। सडकमा छु, निरन्तर सडकमै हुनेछु।’

व्यवस्थाका लागि अन्तिम लडाइँ
व्यवस्था परिवर्तनका लागि नेपालीले पटक–पटक संघर्ष गरे। लामो समय त्यसमै खर्चिए। आरतीकै परिवारको कुरा गर्दा व्यवस्था परिवर्तन विरुद्ध संघर्ष गर्ने उनी तेस्रो पुस्ताकी हुन्। समृद्धि र सामाजिक विसंगति विरुद्ध सक्रिय हुनुपर्ने समयमा व्यवस्थामाथिको प्रहार विरुद्ध लडाइँ लड्नुपर्दा उनलाई नमज्जा लागिरहेछ। 

आरतीले २०६२/६३ कै आन्दोलन व्यवस्था परिवर्तनका लागि निर्णायक ठानेकी थिइन्। फेरि उस्तै लडाइँ लड्नुपर्दा उनमा आक्रोश छ, ‘अब आउने पुस्ताले समृद्धिको लडाइँ लड्ने कि व्यवस्था परिवर्तनका लागि? हामीलाई परेको समस्या यही हो। हजुरबुबा र बुबाहरुले लड्नुभयो। मेरो पुस्ता लडिरहेको छ, अब आउने पुस्ताले पनि लड्न पर्‍यो भने देशका लागि त्यो भन्दा बिडम्वना अरु के होला? मलाई यही कुराले आक्रोशित र उद्वेलित बनाउँछ।’

सडकमा आउनुअघि आरतीका मनमा अनेक कुरा खेल्छन्। आफ्नो बुबाको जीवनको महत्वपूर्ण समय व्यवस्था परिवर्तनकै क्रममा सकिएको तस्बिर आँखा वरिपरि नाँच्छ। आफ्नो जीवनको ऊर्जावान समय पनि यसमै नास भइरहेको उनले देखिरहेकी छन्। आउने पुस्ताको समय पनि यसैगरी बितोस् भन्ने उनको चाहना छैन। त्यसपछि उनको मनमा एउटा प्रश्नले बेग मार्छ, ‘हामी अहिले नलडे कहिले लड्ने? लोकतान्त्रिक गणतन्त्रलाई दरिलो बनाउने गरी हामी नउभिए को उभिने? युवाले नसोचे कसले सोच्ने?’

उनी राजनीतिसँगै सामाजिक मुद्दामा पनि सडकमा आइरहेकी हुन्छिन्। अमेरिकी सहयोगको परियोजना, एमसिसीको विरोधमा पनि सडकमा थिइन्, महिला हिंसाको विरोधमा हुँदै आएका आन्दोलन र प्रदर्शनमा पनि सडकमै उत्रिइन्। सडक आन्दोलन भन्नेबित्तिकै प्रहरी हस्तक्षेप स्वभाविक बन्न जान्छ। त्यस क्रममा लाग्ने चोट पनि स्वभाविक ठान्छिन् आरती। आफूले उठाएको मुद्दा स्थापित हुँदै गर्दा लागेको चोटको दुःखाइ पनि बिर्सिन्छन्। तर, आन्दोलनका मोर्चामा, त्यसको अग्रपंक्तिमा महिला प्रहरी नहुँदा आफूमाथि हुने ज्यादतिले उनलाई सधैं पिरोल्छ। त्यही क्रम गत सोमबार भएको आन्दोलनमा समेत दोहोरियो। भनिन्, ‘अग्रपंक्तिमा रहेर आवाज उठाउने हामी महिला पनि हुन्छौं। तर हामीलाई ठेलमठेल गर्ने र लछारपछार गर्ने पुरुष प्रहरी हुन्छन्। आन्दोलन रोक्न खोज्नु उहाँहरुले पाएको आदेश होला तर महिला प्रहरी नै खटाइदिएको भए हुन्थ्यो। हामीले धेरैपल्ट यस विरुद्ध आवाज उठाइसक्यौं।’

‘हनुमान’ हुन नचाहने हिम्मत
आरती अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षमा छिन्। तर सबै समयमा आफू संगठित पार्टीले दिएको निर्देशन स्वीकार्नुपर्छ भन्ने उनलाई लाग्दैन। उनलाई लाग्छ, ‘मातृ पार्टीले दिएका सबै निर्देशन मान्ने वा स्वीकार्ने भन्ने हुँदैन। मूल स्पिरिटलाई बोक्नुपर्छ। विद्यार्थी संगठन सरकारको प्रतिपक्ष पनि हो। यो सडकमा रहने संगठन हो भन्ने हिजोको इतिहासले पनि पुष्टि गर्छ।’

आफ्नै मातृ पार्टी सरकारमा हुँदा पनि आफूलाईं चित्त नबुझेका कुरामा विरोध गरेको उनी बताउँछिन्। भनिन्, ‘विद्यार्थीको सडक आन्दोलनका कारण आफ्नै नेताले पनि घुँडा टेकेको विगत छ। त्यसकारण नेताको वा पार्टीको हितमा छ/छैन भन्दा पनि जनताको हितमा छ/छैन भन्ने प्रमुख हो। आलोचनात्मक चेत भएकाले यसलाई बुझ्नुपर्छ। हामी कसैको ‘झोले’, ‘हनुमान’ हुन चाहँदैनौं।’

उनको बागी स्वभाव छ। त्यसले सडकमा पुर्‍याउँछ। सडक जहिले पनि सत्ताको आलोचक हुन्छ। अनि उनलाई पनि अनेक उपनाम दिइन्छ। जस्तोः अराजक आइमाई, काला मान्छे, बेरोजगार मान्छे, हुल्लडबाज, बौलाहा आइमाई, झोले आदि। यी उपमा उनले कुनै स्वार्थ हासिल गरेवापत लगाइएका लाञ्छना होइनन्, संघर्षकै कारण हियाउन दिइएका उपनाम हुन्। जसलाई उनी यसरी स्वीकार्छिन्, ‘प्रिय कमरेडहरु, मलाई तपाईंको हरेक सम्बोधन प्रिय लाग्छ। प्रतिगमनको विरुद्ध लडेकै कारण मैले पाएका यी उपनामहरु पनि स्वीकार गर्छु। साथै तपाईंहरुले गरेको यो सम्बोधनले मलाई थप ऊर्जा प्रदान गर्छ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु।’

हाल सत्ताको पक्षमा उभिएका आफ्ना केही युवा सहकर्मीप्रति उनको सहानुभूति छ। केहीप्रति गुनासो छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका पक्षमा लाग्ने विद्यार्थी साथीहरुले विद्यार्थी संगठनको चरित्र नै बिर्सनुभो। सरकारकोे प्रवक्ता र रक्षाकवच जस्तो देखिनुभयो। पार्टी र नेता कता छन्, के निर्देशन दिन्छन् भन्दा पनि हामीले के गर्छौं भन्ने कुराले इतिहासमा अर्थ राख्छ।’

राजनीतिसँगै ५५ बालबालिकाकी नाना
आरती आफ्नो वंशमा तेस्रो पुस्ताकी आन्दोलनकारी हुन्, तेस्रो पुस्ताकै कम्युनिष्ट पार्टीकी सदस्य पनि। उनले भनिन्, ‘बाजे पुस्तादेखि हामी कम्युनिस्ट आन्दोलनमा लाग्यौं। राजनीतिक कारणले गर्दा नै ठूलोबुबा प्रवासी हुनुभयो। बुबा (सुरेन्द्र लामा) अहिले पनि राजनीतिमा सक्रिय हुनुहुन्छ।’

आरती आफ्नो वंशमा तेस्रो पुस्ताकी आन्दोलनकारी हुन्, तेस्रो पुस्ताकै कम्युनिष्ट पार्टीकी सदस्य पनि।

पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट सर्लाहीमा उम्मेदवार बनेका उनको बुबा २४८ मतले पराजित भए। आफूले राजनीतिमा पाएको दुःख छोरीको जीवनमा नदोहोरियोस् भन्ने चाहना हरेक अभिभावकको हुन्छ। त्यो उनको बुबामा पनि थियो। त्यसैले छोरीलाई राजनीतिमा सक्रिय हुन नदिने इच्छा जाहेर पनि गरेका हुन्। ‘बुबाआमाले छोरी फरक क्षेत्रमा पहिचान बनाओस् भन्ने चाहना राख्नुभएको थियो। तर राजनीतिक वातावरणमै हुर्किएकी मेरो प्रश्न गर्ने स्वभावले रोक्न सकेन। सत्य के हो? त्यसको पक्षमा लाग्ने स्वभावले मलाई राजनीतिमै पुर्‍यायो,’ उनी भन्छिन्।

बुबासँगै राजनीतिक मञ्च र र्‍यालीहरु वरिपरि घुम्दा उनलाई आफूभन्दा पहिले समाज भन्ने स्वभावको विकास गर्‍यो। यस हिसाबले आफ्नो राजनीतिको गुरु नै आफ्नो पिता भएको उनी बताउँछिन्। 

उनका बुबा स्काउट शिक्षक पनि थिए। त्यसैले छोरा र छोरीबीच हुने विभेदको घेरा सकेसम्म साँघुरो बनाउने प्रयास गरे। हरेक काममा छोरा र छोरीलाई उत्तिकै प्राथमिकता दिन्थे। तर समाजमा भने आफूले भोगेजस्तो देखिनन्। त्यसपछि उनको बालमस्तिष्कमा प्रश्न उठेको थियो, ‘छोरा र छोरीमा किन विभेद छ?’ पढ्दै गर्दा यस विरुद्ध सामूहिक आवाज उठाउने ठाउँ विद्यार्थी संगठन रहेको महसुस गरिन्। आफ्ना पिताले राजनीति गरिरहेकै पार्टीको भ्रातृ संगठन अनेरास्ववियुमा संगठित भइन्। 

राजनीतिक आन्दोलन मात्रै होइन, उनी र उनको परिवारले सामाजिक रुपान्तरणमा पनि सक्रिय भूमिका खेलिरहेको छ। आफैं युवावयकी आरती यतिबेला ५५ जना अभिभावकविहीन बालबालिकाकी नाना (दिदी) हुन्। १२ वर्ष सशस्त्र द्वन्द्वमा, यसैगरी मधेस आन्दोलनमा र अन्य कारणले अभिभावकविहीन भएकाहरुको सहारा बन्ने काम उनको परिवारले २०५९ सालदेखि थालेको हो। अहिलेसम्म कुनै गैरसरकारी संस्थाको सहयोग छैन। जापानमा रहेका म्युजिसियन पञ्च लामा र श्रवण लामाले आफ्नो संगीतकर्मबाट कमाएको रकमको १० प्रतिशत दिन्छन्। गाउँ–समाजले गर्ने भोजको खर्च कटौती गरेर दिन्छन्। नयाँ अनाज भित्र्याउँदा अलिकति छुट्याउँछन्। थाहा पाएका आरती र उनको परिवारको साथी–सहयोगीले सहयोग गर्छन्। यसैगरी जोहो गरेर ती बालबालिकालाई खुवाउने, बसाउने र पढाउने काम भइरहेको आरती बताउँछिन्।

हजुरबा पुस्ताको नेतृत्व होइन, अभिभावकत्व
राजनीतिको शीर्षबिन्दुमा अहिले उनको ‘हजुरबुबा’ पुस्ता छ। उमेर ७० कै वरिपरि रहेकाहरुकै वरिपरि राजनीति घुमिरहेको छ। उनीहरु फेरि पनि सत्ता, शक्ति र पार्टीको नेतृत्वका लागि तँछाडमछाड गरिरहेका छन्। यसलाई बिडम्वना ठान्छिन् आरती। 

त्यो पुस्ताले अब नेतृत्व होइन, अभिभावकत्व प्रदान गर्नुपर्ने उनको बुझाइ छ। नेतृत्वलाई उनको प्रश्न छ, ‘३४ वर्षको उमेरमा डेनमार्कमा एक महिलाले प्रधानमन्त्रीको भूमिका बहन गर्नसक्छ भने ३४ वर्षको उमेरको ‘आरती लामा’ले विद्यार्थी संगठनको नेतृत्व गर्न किन सक्दैन? अर्थात् पार्टी वा सरकारको नेतृत्व गर्न किन सक्दिनँ?’

नेताहरुले त्यो अवसर दिन नखोज्दा युवा पुस्ताले चाहेको गर्न नपाएको उनको बुझाइ छ। अहिलेको शीर्ष तहको नेतृत्वमा रहेकाहरुले पहिले युवा उमेरमै अवसर पाएका नजिर अघि सार्छिन्, ‘३४ वर्षको उमेरमै झलनाथ खनाल महासचिव हुनुभएको थियो। मदन भण्डारीले युवा अवस्थामै जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको थियो।’ 

अघिल्लो पुस्ताले युवामा विश्वास नगर्नु पनि समस्या रहेको उनको बुझाइ छ। त्यो पुस्ताले अवसरको ‘प्लेटफर्म’ प्रदान नगरेको बताउँछिन् आरती। ‘नयाँ पुस्तालाई अघि ल्याउने लचकता पुरानो पुस्ताले देखाउनुपर्छ’, उनी भन्छिन्।  

युवामा पनि अलिकति समस्या छ। हामीले हस्तक्षेप गर्न सकेनौं। पुरानो पुस्ताको हामी मात्र ‘फलोअर’ बन्यौं। उहाँहरुको ‘एस म्यान’ बनिरह्यौं।

परिवर्तन र युवाको क्षमतामा विश्वास राख्ने विचार समूहका साथीहरुले उमेरको हदबन्दी राख्ने विषयमा समेत सोच्नुपर्ने आरती बताउँछिन्। विद्यार्थी संगठनमा उमेर हदबन्दी राख्नु अझ बढी जरुरी भएको उनको भनाइ छ। अहिले ‘हजुरबा पुस्ता’ हाबी हुनुको दोषी आफू र आफू जस्तै युवा नेताहरु रहेको पनि उनी बताउँछिन्। भन्छिन्, ‘युवामा पनि अलिकति समस्या छ। हामीले हस्तक्षेप गर्न सकेनौं। पुरानो पुस्ताको हामी मात्र ‘फलोअर’ बन्यौं। उहाँहरुको ‘एस म्यान’ बनिरह्यौं।’

युवा पुस्ताले आफैंलाई विश्वास गरेर अलि हस्तक्षेपकारी भूमिका सहित अझै अघि बढ्नुपर्ने धारणा उनले राखिन्, ‘तत्कालीन नेकपा एमालेको विधानमा ७० वर्ष उमेर कटेपछि सक्रिय राजनीतिबाट बिदा हुुनुपर्ने प्रावधान थियो। एकतापछि त्यो मूल्य–मान्यता बिर्सिइएको छ। त्यो मूल्य–मान्यतामा हजुरबुबा पुस्ता अडिनु भएन। प्रधानमन्त्री, राष्ट्रपति हुने तथा दुई–चार पटक चुनावमा लड्ने मानसिकता उहाँहरुमा छ। त्यो मानसिकता नै समस्या हो। हाम्रो पुस्ताले हस्तक्षेपकारी ढंगले ‘मुभ’ गर्न सकेनौं भने अझै एक दशक हजुरबुबा पुस्ताबाटै हामी शासित हुनुपर्छ।’

व्यक्ति होइन, मुद्दा आदर्श
व्यक्तिलाई प्रधान बनाएर अहिले युवा पुस्ता विभक्त छ। मुद्दा छायाँमा परेको छ। त्यसैले व्यक्तिभन्दा मुद्दालाई समात्दा आफूले चाहेको गन्तव्य प्राप्त हुने बुझाइ आरतीको छ। ‘एउटा कालखण्डमा ओलीलाई पनि आदर्श मानियो होला। तर प्रधान विषय मुद्दा थियो। तत्कालीन समयमा मुद्दाकै लागि गगन थापाले गिरिजाको विरोध गर्दै आन्दोलन पनि गर्नुभयो। गणतन्त्रको नारा त्यो बेला कांग्रेसको त थिएन,’ उनले उदाहरण दिइन्। नेताको आदर्श र सम्मान एउटा कुरा होला, तर युवापुस्ता मुद्दामै केन्द्रित हुनुपर्ने उनी बताउँछिन्। आफ्नो आदर्श नेता नभई मुद्दा हुने उनको स्पष्टोक्ति छ।

आन्दोलनले नेता स्थापित गर्ने आरतीले बुझेकी छन्। आन्दोलनमा को सत्यका पक्षमा लड्यो भन्ने कुरा नै नेतृत्वको परीक्षा रहेको उनले बताइन्। ‘विगतका आन्दोलनबाट गगन थापा र रामकुमारी झाँक्रीहरु स्थापित हुनुभएको हो,’ उनले भनिन्, ‘वर्तमानको आन्दोलनले पनि कसैलाई स्थापित गर्ला। सही मुद्दासहित अग्रमोर्चामा रहेर जो क्रियाशील छ, त्यसैलाई भोलिको पुस्ताले आदर्श मान्ला।’

विगतमा जसले अग्रभागमा रहेर आन्दोलन हाँके, उही अहिलेको पुस्ताको आदर्श रहेको आरतीको ठम्याइ छ। ‘विगतमा कसैको नजिक भएकै कारण नेताहरु स्थापित भएको होइन, मुद्दामा केन्द्रित भएर लडेका कारणले हो,’ उनी स्पष्ट छिन्, ‘अहिले हामी निरन्तर आन्दोलनमा छौं । हामीले उठाएको अजेन्डा र क्रियाशीलता अर्को पुस्ताले हेर्ला। प्रतिगमनको विरुद्धमा लडिरहने, कटिवद्ध हुने, वलिदान दिन तयार हुनेको मूल्यांकन अवश्य हुनेछ।’

ढोकाबाट फोहोर भन्ने होइन, भित्र पसेर सफा गर्ने
राजनीतिमा गलत अभ्यासले युवा पुस्तामा वितृष्णा रहेको उनको बुझाइ छ। ‘अपेक्षा, विश्वास, चाहना पूरा नहुँदा समग्र नेपालीमै वितृष्णा पैदा भएको छ,’ उनले भनिन्, ‘युवापुस्तालाई राजनीतिप्रति आकर्षित गर्न नसकिएको पनि यथार्थ हो। समाज परिवर्तनको हतियार तथा अधिकार प्राप्त गर्ने माध्यम राजनीति हो भनी बुझाउन हामीले सकेनौं।’

केही वर्षअघिको अवस्था हेर्दा अध्ययनमा तेज भएका विद्यार्थी राजनीतिमा थिए। प्रतिभाशाली विद्यार्थी संगठनमा आवद्ध हुन्थे। आरतीका अनुसार मेधावी विद्यार्थीको रोजाइ अनेरास्ववियु थियो। तर अहिले ‘थर्ड बेन्चर’हरुले राजनीति गर्छन् भन्ने परेको छ। ‘प्रश्न उठ्नुको कारण अध्ययनशील र प्रतिभाशाली विद्यार्थीले राजनीतिमा रुचि नराख्दा हो,’ उनको बुझाइ छ, ‘अध्ययनशीलहरु विदेश जाने प्रचलन छ। यहीँ केही गरौं न भन्ने आत्मविश्वास छैन।’

युवापुस्तालाई राजनीतिप्रति आकर्षित गर्न नसकिएको यथार्थ हो। समाज परिवर्तनको हतियार तथा अधिकार प्राप्त गर्ने माध्यम राजनीति हो भनी बुझाउन हामीले सकेनौं।

राजनीतिभन्दा बाहिर बस्ने तर सुध्रिएन भनेर गुनासो गरिरहनेलाई उनले आफैं त्यहाँ रहेर हेर्न आग्रह गरिन्। ढोकामा बसेर कोठाभित्र फोहोर भएको देखाउने प्रवृत्ति मौलाएको उल्लेख गरिन्। ‘कोठाभित्र छिरेर सफा गर्ने मानसिकता छैन। समस्या युवा पुस्तामा छ,’ आफ्नो पुस्तालाई प्रश्न गरिन्, ‘यदि तपाईंलाई राजनीति फोहोर भएको लाग्छ, ‘फोहोरी’बाट शासित भइरहेको छु भन्ने अनुभूति छ भने सफा गर्न किन आउनुहुन्न? तपाईं आफूलाई अब्बल ठान्नुहुन्छ भने राजनीतिमा किन आउनुहुन्न? आफू नआएपछि हुने अरु नै हुन्। त्यसैले थर्ड डिभिजनवालाबाट शासित भइयो भनेर किन गुनासो गर्नुहुन्छ?’ उनले समस्या रहेको सबैलाई थाहा भएको भन्दै समाधानको विकल्प दिनतर्फ लाग्न आह्वान गरिन्। 

यो पनि पढ्नुहोस्

राजनीतिको प्रश्न गर्ने पुस्ताशनिबार, माघ १७, २०७७

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
सम्बन्धित सामग्री
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! कुनैबेला जंगलमा बन्दुक बोकेर हिँड्ने सुकमाकी पूर्व माओवादी महिलाले अब हिंसात्मक आन्दोलन छाडेर सामाजिक जीवन अपनाएका छन् । रायपुरमा पा... शनिबार, साउन ३०, २०८३
‘फरक सन्दर्भ, साझा आकांक्षा’मा युवाका मुद्दा र राजनीतिक नेतृत्वबारे बहस एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सांसद क्षीतिज थेबेले नेपालमा आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा देखि... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्