• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
राजनीतिको प्रश्न गर्ने पुस्ता
डिबी खड्का/लिलु डुम्रे शनिबार, माघ १७, २०७७  ०८:४८
1140x725

राजनीतिको प्रश्न गर्ने पुस्ता

‘राजनीतिप्रति नयाँ पुस्तामा बिल्कुलै आकर्षण छैन’
‘नयाँ पुस्ता राजनीतिलाई घृणा गर्छ’
‘राजनीतिमा नयाँ पुस्ता जोडिनै नचाहने भइसक्यो’
‘राजनीति भनेकै लाभको पदमा पुग्ने फोहोरी खेल हो’

पछिल्लो समय यस्ता टिकाटिप्पणी राजनीतिसँग सिधा साइनो नभएका मात्र होइन, स्वयं राजनीतिमै रहेकाहरुबाट समेत सुनिनु सामान्य झैं हुन थालेको छ। आफ्नो जीवनस्तरदेखि देश र दुनियाँ बदल्ने अपेक्षा राजनीतिबाटै गर्ने जोकोही पनि राजनीतिप्रति सन्तुष्ट देखिँदैनन्। आखिर किन?

विश्वविद्यालयमा राजनीतिशास्त्र पढ्न चाहनेको आकर्षण ह्वात्तै घटेको लामो समय हुन थालिसक्यो। सन्तानलाई कुनै पनि पेशागत र व्यावसायिक जीवनमा प्रवेश गरेको देख्न चाहने अभिभावक मात्रको के कुरा, राजनीतिमै जीवन बिताएका अभिभावकले समेत आफ्ना छोराछोरीलाई राजनीति र यससम्बन्धी गतिविधिबाट टाढा राख्न थालेका छन्। यस्तो किन?

कुनै बेला राजनीतिको मुहान क्याम्पस–विश्वविद्यालयहरु थिए। विद्यार्थी राजनीति हुँदै खारिएर आउने पुस्ता राजनीतिमा सक्रिय रहन्थ्यो। पछिल्लो समय नयाँ पुस्तासँगै अभिभावकमा झांगिदो यस्तो मनोविज्ञानले क्याम्पस र विश्वविद्यालयहरु राजनीतिका मुहान बन्न छाडेका छन्। राजनीतिमा आउने मुहान फेरिएको छ। भनिरहन नपर्ला, सजिलै धन कमाउन चाहनेहरुको जमातको प्रवेश राजनीतिमा क्रमशः बढ्दो छ। ठेक्कापट्टा, तस्करी र स्रोतसाधनको दोहनबाट लाभ उठाउन खोज्नेहरु नै राजनीतिमा बढ्दैछन्। यो एक प्रमुख कारण हो जसले राजनीतिलाई सेवाभाव ठान्नेहरु क्रमशः यसबाट टाढिँदैछन् भने यसलाई पद र धनआर्जनको साधन बनाउन चाहनेहरु नजिकिँदैछन्। यही नै नयाँ पुस्ताको आकर्षणमा अबरोध पनि बनिरहेको छ। 

नयाँ पुस्ता आउन छाडेपछि राजनीतिमा बाँकी रहने उनै पूरानो पुस्ता हो, जसले समाजमा ‘बासी अनुहार’को दुर्वाच्य खेप्नुपर्ने अवस्था आएको छ। 
तर, राजनीतिको चित्र यही मात्र हो त? 

होइन। राजनीतिलाई हेर्ने यो वक्रदृष्टि जति नै झांगिएको किन नहोस्, राजनीतिप्रतिको वितृष्णा जति नै चुलिएको किन नहोस्, यही अवस्थाबीच पनि नयाँ पुस्ताका केही अनुहार छन्‚ जसले राजनीतिलाई आफ्नो जीवन बनाएका छन्। राजनीतिमै केही गर्ने लक्ष्य निर्धारण गरेका छन्। ती सडकमा छन्, सामाजिक सञ्जालमा छन् र छन् परिवर्तनबाट स्थापित मुद्दाका पक्षमा उभिन जहाँ पनि। राजनीतिमै रत्तिएका उनीहरु कुनै दलमा आवद्द छन् तर पदप्राप्तिको पछाडि कुदेका छैनन्। सामाजिक विसंगति, शासकीय कमजोरी र राजनीतिक परिवर्तनका लागि आवाज उठाउने काममा आफूलाई होमिरहेका छन्। काठमाडौंमा आएर बग्ने उखु किसानको आँसुले उनीहरुलाई पोल्छ, लिम्पियाधुरामा भारतले धावा बोल्दा पनि उनीहरुलाई उद्देलित गराउँछ। संविधान र विधिको शासनमाथि हस्तक्षेप हुँदा यो पुस्ता ‘फ्रन्टलाइन’मा देखापर्छ। 

सबभन्दा महत्वपूर्ण त उनीहरु सामाजिक न्यायसँग सरोकार राख्ने हरेक आन्दोलनमा हिस्सेदार बन्न चाहन्छन्। कुनै दलविशेषमा आबद्ध भए पनि अन्याय महशुस हुँदा सडकमा आउन उनीहरुलाई पार्टी र नेताको निर्देशन कुर्नुपर्दैन। परिवर्तनका मुद्दामा सहकार्य गर्न उनीहरुलाई फरक राजनीतिक विचारले छेक्दैन। 

उनीहरु लडिरहेका छन्, आफ्नो भविष्यका लागि, आफ्नो पुस्ताका लागि र बृहत्तर रुपमा देशका लागि। त्यो लडाईंको मैदान बनेको सडकमा बर्सिने पानीको फोहोराको तेज थाहा छ, लाठी र बुटले दिने चोटको अनुभव छ र प्रहरी हिरासतको अँध्यारोको पनि अनुभव छ। तर, उनीहरु आफूलाई रोक्दैनन्। सफलता वा असफलता, नतिजा वा नतिजाविहीनता समयले पनि निर्धारण गर्छ, तर उनीहरुको लगन र समर्पण निरन्तर छ। 

Ncell 2
Ncell 2

ती युवा राजनीतिज्ञ, जो वर्तमानमा सडकमा छन्, भविष्यमा राजनीतिलाई नेतृत्व दिने ठाउँमा पुग्न सक्छन्। हजुरबा/आमा पुस्ताले शासन चलाइरहेको देशमा उनीहरुलाई लागेका कुरा भन्नु छ। आफ्ना अनुभूति सुनाउनु छ। तर, लागेका कुरा भन्ने ठाउँ सीमित छन्, उक्लिने मञ्च निश्चित छन्। त्यही भएर उनीहरु सडकमा नेतृत्व गरिरहेका छन्। उनीहरु सबल र सक्षम भइसके भन्ने हाम्रो निर्क्यौल होइन। तुलनात्मक रुपमा कैयन् कमजोरी उनीहरुमा पनि छ। तर, आफैँलाई सुधारेर अघि बढ्ने तत्परता देखाइरहेको यो पुस्ताले केही सम्भावना पक्कै देखाएको छ। राजनीतिको नयाँ पुस्ताको त्यही सम्भावना उजागर गर्ने मञ्चको रुपमा हामीले यो स्तम्भ शुरु गरेका छौं। 

-सम्पादक

राजनीतिको प्रश्न गर्ने पुस्ता-१
‘पार्टीले बोकेका मुद्दा जायज छैनन् भने क्रस गर्ने हिम्मत हुनुपर्छ’
धेरैका नजरमा अहिले नेता र कार्यकर्ता दुई खेमामा विभक्त छन्- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको समर्थनमा लाग्ने र विरोध गर्ने।

त्यहीँ अर्को एउटा समूह पनि छ जो आफ्नो ऊर्जालाई निश्चित क्रियाको प्रतिक्रियामै सिमित राख्न चाहँदैन। जो जनताले लडेर हासिल गरेको उपलब्धि जोगाउने मोर्चा बनाउन चाहन्छ। आफूलाई ‘संविधान जोगाउने पुस्ता’का रुपमा उभ्याउने प्रयास गरिरहेको छ।

तिनै अनुहारमध्येकी हुन् एलिजा ढकाल। उनको राजनीतिक पहिचान नेपाल विद्यार्थी संघकी पूर्वकेन्द्रीय सदस्यको छ। तर, सामाजिक मुद्दा उठाउन राजनीतिक पार्टीको चौघेरामा बाँधिनु हुँदैन भन्नेमा उनी प्रष्ट छिन्। उनको केन्द्रीय  दृष्टिकोण हो- ‘देशको झन्डाभन्दा माथि पार्टीको झन्डा हुँदैन।’

एलिजा अहिले भइरहेका प्रायः आन्दोलनमा सहभागी छिन्। सडक र सामाजिक सञ्जाल दुवैतिरबाट खबरदारी गरिरहेकी छन्। उनी सडकमा पुग्नुको एउटै कारण हो- संविधानको रक्षाका लागि आवाज उठाउनु, खबरदारी गर्नु। यसलाई सामाजिक सञ्जालमा ‘आइएम विथ माइ कन्सिच्युसन’ ह्यासट्याग मार्फत् निरन्तरता दिइरहेकी हुन्छिन् उनी। यो ह्यासट्यागमा ट्विट गर्नुको कारण एलिजा यसरी प्रस्ट्याउँछिन्, ‘भोलि पार्टीहरु संविधानको मुद्दाबाट बाहिर नजाऊन् भनेर हो। निर्वाचनमा जाने अवस्था आएपछि पार्टीहरुले संविधान मिचिएको कुरा बिर्सिन सक्छन्। न्यायालयले कुनै पनि प्रकारको फैसला सुनाउला। तर, संविधान मिचिएको तथ्य त मेटिँदैन।’

नेपाली जीवनमा लामो समय संविधानको घाउ बल्झिरह्यो। घाउहरु बल्झिने र खाटा बस्ने क्रमको उपज वर्तमान संविधान रहेको उनको बुझाइ छ।

‘संविधानकै लागि धेरैले रगत बगाएका छन्,’ उनको आत्माले भन्छ, ‘एउटा पुस्ताले लडेर बनाएको संविधान जोगाउने जिम्मेवारी हाम्रो हो। अब यसको रक्षा गर्ने दायित्व हाम्रो काँधमा आएको छ।’

‘संविधान जोगाउने पुस्ता बन्नु छ’
राजनीतिक प्रणाली परिवर्तनगामी हुन्छ। यसलाई गति दिने सही व्यक्तिको हातमा शासन सञ्चालन पुगेमा यसले अग्रगामी बाटो तय गर्छ। अनि प्रणाली नागरिकको चाहना र परिवर्तित समय सुहाउँदो बन्दै जान्छ। तर, शासन सञ्चालनको जिम्मेवारी गलत व्यक्तिको हातमा पर्यो भने प्राप्त उपलब्धि समेत गुम्ने खतरा आउनसक्छ। त्यस्ता व्यक्तिको सनकबाट प्रणालीलाई जोगाउन युवा पुस्ता चनाखो भइरहनुपर्ने ढकालको बुझाइ छ। भन्छिन्, ‘लोकतन्त्र प्राप्तिपछि पनि अपहरणमा परेको देखेका/सुनेका छौं। त्यसैले हामी अझै संवेदनशील हुनुपर्छ।’ 

लोकतन्त्र प्राप्त गरेजस्तै यसलाई जोगाइरहनुलाई पनि उनले आन्दोलनको महत्वपूर्ण हिस्साका रुपमा लिएकी छन्। 

राजनीतिक प्रणालीमात्रै होइन, संविधान पनि परिवर्तनशील रहेको एलिजाको धारणा छ। भन्छिन्, ‘संविधान समयक्रममा संशोधन हुँदै जान्छ। असंशोधनीय होइन, यो गतिशील दस्तावेज हो। संशोधन हुनका लागि पनि त यो जोगिनुपर्‍यो। त्यसैले हामी सडकमा ओर्लिनु परेको हो र सामाजिक सञ्जालमा कुर्लिनु परेको हो।’ 

राजनीतिक मुद्दा मुलतः पार्टीहरुले उठाउनुपर्ने उनको बुझाइ छ। कतिपय मुद्दा आफू समर्थित पार्टीले उठाउन नसकेको हो कि भन्ने महशुस उनलाई भइरहन्छ। पार्टीले उठाउनुपर्ने मुद्दा नउठाएपछि आफूले मात्रै भए पनि बोलिरहनुपर्छ भन्ने उनलाई लाग्छ। त्यसैले आफ्नो पार्टी र आवद्ध संगठन अलमलिँदा पनि उनी सडकमा आफूलाई उभ्याउन खोज्छिन्। उनको अनुभूति छ, ‘देशमा केही गलत हुँदैछ भने जनताले कोही बोलिदेओस् भन्ने चाहेका हुन्छन्। हामी उनीहरुको आवाज बन्न सक्नुपर्छ।’

राष्ट्रिय मुद्दाका पक्षमा पार्टीको निर्देशन नपर्खेर सडकमा आउनुको कारण आफू राम्ररी  निदाउनका लागि पनि रहेको उनको भनाइ छ। ‘देश/समाजमा गलत भइरहेको छ, त्यसबेला केही पनि नबोलेर उकुसमुकुसमा रात कटाउनुछैन। आफूलाई लागेको खराबीविरुद्ध आवाज उठाउँदा ‘म बोले हैं’ भन्ने महशुस हुन्छ। आफूले पक्षधरता लिएको वा उठाएको मुद्दा कहिलेकाहीँ  स्थापित नहुन सक्छ। तर, सही मुद्दाका पक्षमा म थिएँ भन्नका लागि पनि आन्दोलनको मोर्चामा हुन्छु।’

‘इतिहासको प्रश्नबाट भाग्नु छैन’ 
राजनीति गर्ने युवामध्ये कतिपयले आफू सम्बद्ध पार्टीका सिद्धान्तका ठेली घोक्छन् र मञ्च पाउनासाथ फलाक्छन्। नेता र नेतृत्वले अह्राए आगो ओकल्न तयार हुन्छन्, आफ्नै विवेकले ढलेको अम्खोरा समेत उठाउँदैनन्। सामाजिक मुद्दामा उनीहरुको उपस्थिति देखिँदैन। यो प्रवृत्तिबाट आफूलाई अलग्याउन चाहन्छिन् एलिजा। उनको भनाइ छ, ‘राजनीति गर्ने व्यक्तिले राजनीतिसँगै समाज पनि बुझेको हुनुपर्छ। समाज बुझेको राजनीतिज्ञले देशलाई गति दिन सक्छ।’

राजनीतिज्ञ समाजकै हिस्सा भएको अनुभूतिले सामाजिक मुद्दाको अझ नजिक पुर्‍याउँछ। राजनीतिक रुपमा सम्बोधन भएका कतिपय मुद्दा अझै सामाजिक रुपमा स्वीकृत छैनन्। उनको प्रश्न यहीँनेर छ, ‘महिला, दलित, जनजाति, पिछडिएको समुदायका मुद्दा राजनीतिक रुपमा त सम्बोधन भए। के ती सामाजिक रुपमा पनि भए? दलितमाथि अझै विभेद छैन र? महिलामाथिको अन्यायको अन्त्य भइसक्यो त?’ यी समस्याको समाधान समुदायस्तरबाटै  हुन्छ। त्यसका लागि आफू कहीँ न कहीँ देखिन मन लाग्छ उनलाई।

आफूले आस्था राख्ने पार्टी लोकतान्त्रिक भएकाले आफूले राख्ने विचार र जनाउने सहभागितामा निषेध नगर्ने उच्च विश्वास छ उनलाई। तर, पार्टीको नेतृत्व कहिलेकाहीँ केही, कुनै स्वार्थको डोरीमा बाँधिन्छन्। कार्यकर्तालाई पनि त्यही डोरीमा कस्न खोजिरहेका हुन्छन्। त्यस्तो अवस्थामा पार्टीको निर्देशन ‘क्रस’ गर्ने हिम्मत हुनुपर्छ। जुन आफूसँग रहेको उनी यसरी सुनाउँछिन्, ‘लक्ष्यमा पुग्नका लागि मैले ‘कम्प्रोमाइज’ गर्न सक्दिनँ। लक्ष्यप्राप्तिका लागि कतिपय ठाउँमा पार्टीको निर्देशनलाई समेत ‘क्रस’ गर्नुपर्ने हुनसक्छ। कांग्रेसको झण्डा जहिले पनि नेपालको झण्डाभन्दा मुनि हुन्छ।’

आफूलाई लागेका गलत क्रियाकलाप विरुद्ध नबोलेर वा सम्झौता गरेर आफूले राजनीति नगर्ने उनको अहिलेसम्मको प्रण छ। वर्तमानमा उनलाई लागिरहेको छ, ‘सम्झौता गरेर माथिल्लो स्थानमा पुगें भने आफू ‘दोषी’ रहेको महशुस हुन्छ होला। म केही पनि बनिनँ भने केही फरक पर्दैन, गलतलाई सही त भनिनँ भनेर आत्मसन्तुष्टि हुन्छ।’

यही स्वभावले आफ्नो भूमिका बढाउने उनको आशा छ। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भनाइ यहीँनेर सम्झिइन् एलिजाले, ‘उहाँ प्रधानमन्त्री भइसकेपछि प्रश्न गरिएछ- तपाईंलाई प्रधानमन्त्री बन्छुजस्तो लागेको थियो? उहाँको स्वभावजन्य उत्तर थियो- लागेको त थिएन तर, कामका कारण प्रधानमन्त्रीको पदसम्म पुर्‍यायो।’

देश/समाजको निरन्तर यात्राको मार्गदर्शक युवापुस्ता रहेको उनको भनाइ छ। उनलाई लाग्छ- ‘देशले गलत दिशा पक्ड्यो भने इतिहासले अवश्य सोध्नेछ- त्यो बेला के गर्दै थिइस्? हामी कसरी जवाफबाट भाग्न सकौंला?’

‘नेतालाई प्रश्न गर्न सके पो असली कार्यकर्ता’ 
राजनीतिको बाटो हिँड्ने सबैका एकै तरिका हुँदैनन्। तर, यो बाटो हिँड्नेसँग समकालीन घटनाक्रमको बोध अवश्य हुन्छ। राजनीति गर्नेलाई एक प्रकारको लोभ पनि हुन्छ। आफ्नो नेतृत्वलाई चिढाइएन भने त्यसले माथि तानिदिन्छ भन्ने लोभ कतिपय युवा राजनीतिज्ञमा प्रष्टै देखिन्छ। तर, आफ्ना लागि आफैंले निर्णय गर्न सकिएन भने सधैं परनिर्भरतमा बाँच्नुपर्ने एलिजाले राम्ररी बुझेकी छन्। उनको बुझाइ छ, ‘राजनीति देश र जनताका लागि हो। देश र जनताकै हित सोच्नुपर्छ। नेताभन्दा दल, दलभन्दा देश ठूलो हो। जब जब आफ्नो नेताले देश दुखाउने काम गर्छन्, कार्यकर्ताले प्रश्न गर्नुपर्छ, समर्थन होइन। आफ्नो नेताले गरेको गल्तीलाई पनि सही भन्ने कार्यकर्ताहरुले नेता र देश दुवै डुबाउँछन्।’ 

उनको राजनीतिसँगै जोडिने सामाजिक मुद्दामा ज्ञानको आकाश फराकिलो बनेको स्नातकोत्तरमा समाजशास्त्र अध्ययन गरेपछि हो। आाफूले समाजलाई हेर्ने दृष्टिकोकोणमै परिवर्तन आएको उनको स्वमूल्यांकन छ। त्यसपछि आफ्नो सामाजिक मुद्दामा रुचि बढ्दै गएको बताउँदै एलिजाले भनिन्, ‘अलिकति विगत फर्केर हेर्दा महिनावारीको समयमा भएका समस्या सम्झें। म घरभित्रै बस्दा यो विघ्न पीडा भयो भने अरुलाई कस्तो पीडा भयो होला भन्ने महशुस गरें। घरबाट समाज बुझ्न थालेपछि समस्या विकराल रहेको बुझें। महिलामा क्षमता भए पनि समाजले अवसर नदिने विकृत मनोवृत्ति थाहा पाएँ। सामाजिक समस्याको पनि सम्वोधन हुनुपर्छ भन्ने चेत समाज बुझ्न सुरु गरेदेखि नै आएको हो।’

आन्दोलन अनिश्चितताको पर्यायवाची जस्तै शब्द हो। आन्दोलनमा हिँडेको योद्धा बेलुका घर सकुशल फर्कने ग्यारेन्टी त हुँदैन। आफूलाई आन्दोलनको अग्रमोर्चामा उभ्याउन चाहनेहरुले अरु केही नभए पनि प्रहरीको लाठीको डाम सेक्न घरबाट निस्किनुअघि नै तेल ठिक्क पारेर राखे पनि हुन्छ। घाइते हुनु सामान्य भयो, अझै कडा प्रकारको आन्दोलन भए त ज्यानै जोखिममा पर्न सक्छ। 

एलिजामाथि पनि लाठी परिरहन्छ। केही दिनअघि बालुवाटारमा भएको नागरिक आन्दोलनमा सहभागी हुन पुगेकी उनलाई पनि लाठीका तीन चोट परे।

सबैभन्दा धेरै लाठीको चोट उनले मुलुकको भूगोल र सीमा रक्षाका विषयमा भएको प्रदर्शनमा खाइन्। यी चोटका लागि आफ्नै आत्माको मल्हम यसरी लगाउँछिन्, ‘आन्दोलनका क्रममा धेरै लाठी खानुपरेको छ। देश र समाजको लागि लड्दै गर्दा लाठी खानु र हिरासत बस्नुपर्दा पनि गर्वानुभूति हुन्छ। लिपुलेकको मुद्दामा म दुईपटक हिरासतमा परें।’

‘त्यसपछि नेता बन्ने बाटोमा हिँडें’
नेता बन्ने बाटो तय गर्नुअघि सोच्नुपर्ने अनेक विषय छन्। तर, त्यसरी सोच्नुपर्ने उमेर आउनुअघि नै एलिजालाई लाग्यो- नेता बन्छु। उनका बुबा इन्दु ढकाल नेपाली कांग्रेसको तनहुँ जिल्लास्तरका नेता हुन्। त्यसैको प्रभाव हुन सक्छ, उनको किशोर मष्तिस्कले नेता बन्ने ठानेछ। हरेक नेपाली बालबालिकाले लामो समय झेल्नुपर्ने एउटा शास्त्रीय प्रश्न छ- ‘तिमी  ठूलो भएर के बन्ने?’ उनले प्लस टू पढ्दै गर्दा प्रश्न-पत्रमा समेत यी सवाल झेलिन्। उनले धेरै नम्बर पाउने लोभमा लेखिदिइन्, ‘नेता बनेर समाज परिवर्तन गर्छु।’

उत्तर पुस्तिकामा त लेखिन्। आफैंले लेखेको उत्तरले उनलाई प्रश्न गर्न थाल्यो, ‘कसरी नेता बन्ने?’ दिमागले उत्तर खोजिरहेका बेला उनी स्नातक अध्ययनका लागि रत्नराज्य क्याम्पस काठमाडौंमा भर्ना भइन्। त्यहीँ महशुस भयो- अनेक मुद्दामा नेतृत्व गरेपछि नेता भइने रहेछ। राजनीतिक परिवारमा हुर्केकी एलिजासँग राजनीतिक चेत थियो। नेपाली समाजमा ‘जीन’ मात्रै होइन, पार्टी पनि वंशाणुगत हुन्छन्। त्यसैले कुन पार्टीमा लाग्ने भन्ने प्रश्नअघि नै एलिजासँग उत्तर थियो- बुबाको पार्टी। त्यो थियो- नेपाली कांग्रेस।   

बुबाकै पार्टी छाने पनि छोरी राजनीति जस्तो कठिन बाटोमा हिँडेको अरु धेरै अभिभावकले जस्तै एलिजाका अभिभावकले पनि रुचाएनन्। ‘सरकारी जागिरमा प्रवेश गरेर व्यक्तिगत जीवन सुखमय बनाओस् भन्ने परिवारको चाहना थियो,’ उनले भनिन्, ‘मैले क्रियाशील सदस्य लिइदिनुहोस् न भन्दा समेत बुबाले मान्नुभएन।’

राजनीतिको घुमाउरो बाटो आफैंमा जोखिमयुक्त छ। पितृसत्तात्मक समाजमा महिला भएकै कारण भोग्नुपर्ने अवरोध अनेक छन्। त्यसमध्ये ‘क्लिसे’ आरोप चरित्रलाई जोडेर लगाइन्छन्। एलिजाको अनुभव छ, ‘राजनीति गर्न सबैलाई गाह्रो नै छ। त्यसमा पनि महिलालाई अझ गाह्रो हुन्छ। सीमित घेरामा रहेका महिला राजनीतिमा प्रवेश गरेपछि भेट्ने महिलामात्रै हुँदैनन्। यही कारणले महिलाहरुलाई ‘क्यारेक्टरमा ट्याग’ पनि लाग्नसक्छ।’

कतिपय समयमा आफूसमेत हतोत्साहित भएको उनको अनुभूति छ। थपिन्, ‘व्यक्तिगत प्रगतिको मात्रै ख्याल गरेको भए सहज जीवन बिताउने थिएँ भन्ने पनि नलागेको होइन। यो चुनौती सामाना गर्न मैले सकिनँ भने पछि आउने बहिनीहरुले पनि यही भोग्लान् भन्ने लाग्यो। आगामी पुस्ताले मलाई प्रश्न गर्नेछन्, ‘त्यो बेला तैंले के गरिस् त?’ म भागेकी भए जवाफ हुने थिएन।’

‘नेताको होइन, जनताको मुद्दा बोक्नुपर्छ’
पार्टीलाई झक्झक्याउन र ‘ट्रयाक’मा ल्याउन विद्यार्थी तथा युवाको भूूमिका हुने उनको बुझाइ छ। आफूले नेविसंघको इतिहासबाट पनि यही तथ्य बोध गरेको उनी बताउँछिन्। उनले इतिहास कोट्याइन्, ‘नेविसंघको स्थापना नै दलमाथि प्रतिबन्ध लगाइएका बेला भएको थियो। पार्टीलाई नेतृत्व गरेर आन्दोलन गर्ने अवस्थामा नेविसंघ थियो।’ त्यसैले पार्टीभित्र भइरहेका गलत कामलाई निरन्तर खबरदारी गर्ने जिम्मेवारी यही संगठनको भएको उनको बुझाइ छ। उनलाई लाग्छ- यसले नेतृत्वलाई विधिसम्मत चल्न बाध्य पार्छ। 

तर, उनले देखेकी छन्- नेतृत्वको आलोचना गरे ‘माथि’ पुगिँदैन कि भन्ने डर युवापुस्तामा छ।

उनले बुझेकी छन्- नेताले मात्रै ‘पिक’ गरेर नेतृत्वमा पुग्ने होइन, जनताले पत्याएर नेतृत्वमा पुग्ने बन्नुपर्छ।

आफू जस्तै युवावयका राजनीतिज्ञलाई उनले भन्नु छ, ‘हामीले नेताका मुद्दा होइन, देश र जनताको मुद्दा बोक्नुपर्छ। प्रतिनिधि सभा विघटन गलत छ भन्ने बुझेर पनि नेतृत्वको कारण मुख नखोल्ने प्रवृत्ति छ। आफ्नो नेताले गलतलाई सही भनेको छ भने त्यसको प्रतिरोध गर्नैपर्छ। नेतालाई लाभ हुने आशामा देशलाई हानी गर्ने कुरामा नेतृत्वको बचाउ गर्नहुँदैन। त्यसले गर्दा आम जनतामा वितृष्णा हुन्छ। सामान्य नागरिकलाई हुने द्विविधाको सिर्जना युवापुस्ताले गर्नुहुँदैन।’
प्रतिनिधि सभा विघटन विरुद्ध राजनीतिक दलको भूमिकासँगै नागरिक आन्दोलनको भूमिका थप बढेको उनी बताउँछिन्। ‘नागरिक आन्दोलनको महत्व विगतका राजनीतिक र सामाजिक परिवर्तनमा थियो,’ उनको बुझाइ छ, ‘नागरिक अभियन्ताले अधिकार प्राप्तिको यो आन्दोलनलाई निर्णायक तहमा पुर्‍याएर छोड्नुहुन्छ भन्ने मेरो विश्वास छ। त्यसैले म उहाँहरुसँग छु।’

उनी आवद्ध पार्टी, नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनलाई ‘असंवैधानिक’ भनेको छ। आन्दोलन गरे जस्तो पनि गरेको छ। तर, जुन रुपमा मैदानमा उत्रिनुपर्ने हो, त्यसरी नउत्रिएको आरोप लाग्ने गरेको छ। यसले आफू जस्तै कार्यकर्ताको चित्त दुख्ने उनी बताउँछिन्।

यो त राजनीतिक मुद्दा भयो, कहिलेकाहीँ सामाजिक मुद्दालाई पार्टीले देखेको नदेख्यै गरिदिन्छ। उनलाई चाहिँ पार्टीले ‘एक्सन’ लिइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ। पार्टी नै मैदानमा नआउने त्यस्ता विषयमा बोल्नका लागि आफूजस्तै युवा तर फरक पार्टी र विचार भएकाहरुको समूहसँग उनी हुन्छिन्।

भन्छिन्, ‘हामीलाई कडा रुपमा बोल्नुपर्छ भन्ने लागिरहेको हुन्छ तर पार्टीले सक्रियता देखाएको हुँदैन। एक्लैले बोल्दा धेरै अर्थ नरहन पनि सक्छ। संयुक्त आवाज सुनाउनका लागि विभिन्न दलमा आस्था राख्नेहरुको सर्कल बनाएका छौं। राजनीतिक तथा देशका मुद्दामा पार्टीले नबोल्दा पनि हामी एकिकृत भएर आवाज निकाल्छौं। सामाजिक मुद्दामा मन र भावना मिल्ने फरक राजनीतिक विचार समूहका व्यक्तिहरुसँग सहकार्य गर्दा कतिपयले पार्टीको झण्डा बाहिर गएको आशंका गर्ने रहेछन्। एउटा युवालाई नेता बनाउन अजेन्डाले सघाउँछ। तर, सधैं पार्टीले अजेन्डा दिन सक्दैन। त्यसमा आफ्नै सक्रियताले सघाउँछ।’ 

भ्रातृ संगठन त अझ परको कुरा पार्टीकै महाधिवेशनमा नेतृत्वले अलमल गरिरहन्छ। जस्तो, यतिबेला नेपाली कांग्रेसको भातृ संगठनमै भए पनि एउटा सक्रिय पदमा रहनुपर्ने एलिजाको पहिचान नेविसंघको ‘पूर्व केन्द्रीय सदस्य’का रुपमा छ। उनी भन्छिन्, ‘शक्ति एउटा व्यक्तिमा मात्रै केन्द्रित हुँदैन। शक्ति विकेन्द्रित हुन्छ। देशका लागि व्यक्ति र पार्टी भन्दा माथि सोच्नुपर्छ। गलत निर्णयको पछि लाग्दा र हाम्रो मौनताले भावी पुस्तालाई असर गर्छ। गलत परिणामको शिकार हुन वाध्य हुन सक्छन्। कतिपय मुद्दामा पार्टी भन्दा अघि पुग्नुपर्छ।’

तस्बिर : कान्तिपुर

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्