• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशीमा ‘संवैधानिक नैतिकता’ विपरीत कार्यका डिजाइनर प्रचण्ड–देउवा

64x64
ईश्वर बराल शुक्रबार, भदौ ८, २०८०  २०:००
1140x725

काठमाडौं– ‘विवादित मत दिइएको सन्दर्भमा मत बराबर भएको भन्ने देखिएन। ९३ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभाका बहुमत सदस्य ४७ जनाको विश्वासको मत प्राप्त गरेको भनी अध्यक्षता गर्ने सदस्यले दिएको मतसमेत गणना गरी थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो,’ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जारी गरेको आदेशको अंश हो यो। 

मत बराबर भएको अवस्थाबाहेक सभामुख तथा सभाको अध्यक्षता गरेको व्यक्तिले निर्णायक मत दिन नपाउने व्यवस्था संविधानमै स्पष्ट किटान हुँदाहुँदै सत्ता गठबन्धनले संविधान ‘मिचेर’ काम गरेको देखिन्छ। त्यो संविधान मिच्ने ‘बल’ भने विराटनगरबाट सम्भव भएको होइन। त्यसको ‘डिजाइनर’ बालुवाटारबाट देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देशकै ठूलो र ‘पुरानो लोकतान्त्रिक’ पार्टीका सभापति शेरबहादुर देउवा हुन्। 

मतदान हुँदा थापा पक्षमा ४६ र विपक्षामा ३० मत खसेको थियो। सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले निर्णायक मत दिएर बहुमतका लागि ४७ पुर्याएका थिए।

जसलाई सर्वोच्चले बिहीबार संवैधानिक नैतिकता विपरीत भनेर सम्झाइदिएको हो। त्यति मात्र हैन सर्वोच्चले संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६ का प्रावधान किटेरै त्यसरी विश्वासको मत लिनु संविधान प्रतिकूल भएको व्याख्या गरेको छ। भदौ ४ गते प्रदेश सभाको बैठकको आह्वान गरेकी उपसभामुख सृजना दनुवार उपचारका लागि भन्दै काठमाडौं उडेपछि मुख्यमन्त्री थापा सोही दिन बिहान प्रदेश सभाको बैठक बस्नै नसक्ने बताइरहेका थिए। जब बालुवाटार र धुम्बाराहीबाट तुरुन्त बैठक संचालन गरी विश्वासको मत लिनु भन्ने ‘आदेश’ आयो सत्तागठबन्धनले प्रदेश सभाको बैठक बस्ने निर्णय गर्‍यो। 

यो पनि पढ्नुहोस

कोशी प्रदेश : मुख्यमन्त्री थापालाई सर्वोच्चको दोस्रो धक्का!

मौजुदा गठबन्धन बाहेक कोशीमा निर्णायक रहेको दल राप्रपा थियो। ६ सांसद रहेको राप्रपालाई सत्ता गठबन्धनमा भित्र्याउन ठोस पहल नभएको बताउँछन् कांग्रेस-माओवादीका नेताहरू। त्यसका लागि पहल काठमाडौंबाटै हुनुपर्ने थियो। किनभने मुख्यमन्त्री कसलाई बनाउनेदेखि मन्त्रालयको बाँडफाँडसम्मको टुङ्गो प्रचण्ड र देउवा निवासमा हुँदा राप्रपासँग संवाद भने हुनैनसकेको नेताहरू बताउँछन्। औपचारितकताका लागि एकपटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल भए नि विषयमा प्रवेश भएर संवाद नभएको दाबी उनीहरूको छ।

‘राप्रपासँग हाम्रो नेतृत्वले गम्भिरतापूर्वक छलफल गर्न चाहेन। औपचारिकताका लागि एकदिन भेटसम्म गरे तर गहिराइसँग सत्ता बाँडफाँडको प्रारुपदेखि लाभको पद लिनेदिने विषयहरूले प्रवेश नै पाएनन्,’ कांग्रेसका एक नेताले बताए। राप्रपाका नेताहरूको भनाइ पनि गठबन्धनबाट कुनै ठोस प्रस्ताव नआएको रहेको छ। ‘बाहिर-बाहिरै सम्भावनाबारे कुरा चले। तर उहाँहरूले कुनै गहन प्रस्ताव समेत गर्नुभएन,’ राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले बताए। 

केन्द्रमा सरकारबाट  बाहिरिएर विश्वासको मत पनि फिर्ता लिइसकेकाले उक्त दललाई प्रदेशमा भित्र्याउने विषयमा प्रचण्ड–देउवा इच्छुक नभएका हुन्।

यो पनि पढ्नुहोस

कोशी प्रदेशमा थापालाई ‘विवादास्पद’ विश्वासको मत

तर उनीहरू संविधानको बर्खिलाप हुने जुनसुकै तहमा ओर्लिन तयार भएको विपक्षीको आरोप छ। जसलाई शृंखलाबद्ध राजनीतिक घटनाक्रमहरूले पुष्टि गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

थापाको सत्तारोहणका लागि प्रचण्ड–देउवाले अनेक ‘दुस्प्रयास’ गरे। यसअघि असार २१ गते बहालवाला सभामुखलाई हस्ताक्षर गराएर थापाले मुख्यमन्त्री शपथ लिएका थिए। जसलाई सर्वोच्चले साउन १० गते गलत ठहर्‍यायो। पुनः साउन १६ गते थापा उनै सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बने। प्रधानमन्त्री प्रचण्डले नै सभामुखलाई राजीनामा गर्न लगाएका थिए। शक्तिशाली मन्त्रालय दिने आश्वासन दिई उनले तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न बाध्य गराएका थिए। लगत्तै, थापा नेतृत्वको सरकारमा गौतम आर्थिक योजना मन्त्री बनेका थिए। 

पछिल्लो पटक भदौ ४ गते पुन: प्रचण्ड–देउवाकै जोडबलमा प्रदेश सभाको अध्यक्षता गरेका कांग्रेस सांसद मन्सुरीलाई सभाको नेतृत्व गर्नका साथै थापालाई मत दिन निर्देशन गरेको कांग्रेस कोशीका एक प्रभावशाली सांसद बताउँछन्। ‘हामी कसरी अघि बढौँ भनेर केन्द्रलाई सोधेका थियौँ। केन्द्रले पनि मन्सुरीलाई सभा सञ्चालन गर्न लगाउनू र मत पनि हाल्न लगाउनू भन्ने आदेश दिएको हो,’ नाम नखुलाउने शर्तमा ती सांसदले जनाए। 

उता, काम चलाउ सरकारका मुख्यमन्त्री थापा भने आफूहरूले राजनीतिक काम गरेको बताउँछन्। उक्त प्रक्रिया संविधानसम्मत रहेको/नरहेको चाहिँ अदालतले नै बताउने उनको भनाइ छ। ‘हामीले त राजनीतिक काम गरेका हौँ। वैधानिक–अवैधानिक के हो सर्वोच्चले व्याख्या गर्छ,’ मुख्यमन्त्री थापा भन्छन्। 

सभाध्यक्षले मताधिकार प्रयोग गर्न पाउनुपर्ने र त्यो असंवैधानिक नहुने जिकिर उनले गरे। ‘मतदानको अधिकार पहिलो अधिकार हो। मतदानको अधिकार कुण्ठित गर्नुहुँदैन,’ आफ्नो निर्णयको बचाउ गर्दै थापाले भने, ‘उहाँको मतदानको अधिकार रोक्ने अधिकार संविधानलाई पनि छैन।’

Xtrem

Xtrem

प्रचण्ड–देउवाः अरुले गर्दा असंवैधानिक, आफूले गर्दा संवैधानिक
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा प्रचण्ड–देउवा सम्मेलित अहिलेको गठबन्धनले असंवैधानिक कदम भनेर आन्दोलन गरेका थिए। संविधानमा नभएको व्यवस्थालाई ओलीले प्रधानमन्त्रीमा निहीत हुने अधिकार भन्दै २ पटक संसद् भङ्ग गरिदिएका थिए। दुवैपटक सर्वोच्च संसद् पुनर्स्थापना गरिदिएको थियो। दोस्रोपटक त सर्वोच्चले स‌ंसद् विघटन विघटनविरुद्ध फैसला गर्दै कांग्रे‍स सभापति देउवाको नेतृत्वमा सरकार बनाउन परमादेश समेत दिएको थियो।

त्यसबेला ओलीले गरेको उक्त कार्यलाई असंवैधानिक भनी विद्रोह गरेका उनै प्रचण्ड र देउवा नेतृत्वको गठबन्धनले कोशीमा पटक-पटक असंवैधानिक क्रियाकलाप दोहोर्‍याइरहेका छन्।

संविधानमा स्पष्टरुपमा सभामुखले बराबर मत भएमा निर्णायक मत दिन पाउने भन्ने व्यवस्था भए पनि सरकारले ‘बलमिच्याँइ’ गरेका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको टिप्पणी गरेको छ।

‘केही दिनअगाडि सभामुख जस्तो स्वच्छ, स्वतन्त्र र तटस्थ बस्नुपर्ने मान्छेलाई हस्ताक्षर गराएर सरकार बनाउने काम भयो। अदालतले त्यो असंवैधानिक भन्यो,’ एमाले सचिव तथा सांसद योगेश भट्टराईले भने, ‘अहिले फेरि सभामुखको कुर्सीमा बसेर अन्तिममा मतदान गर्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो।’ 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार साँझ गृहमन्त्रीको सचिवालयले दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरे... शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी प... शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्