• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेश : मुख्यमन्त्री थापालाई सर्वोच्चको दोस्रो धक्का!

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०८०  १८:२७
1140x725

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गत ४ गते प्राप्त गरेको विश्वासको मत संविधानसम्मत् मान्न नसकिने सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् जनाएको छ। बुधबार दर्ता रिटमाथि सुनुवाइ गर्दै ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो।

सर्वोच्चले ‘मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत् रुपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपरको सुनुवाइ टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नु, नगराउनु भनी’ आदेश दिइएको हो।

सर्वोच्चले संविधान अनुसार जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामाबाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने प्रष्ट पारेको छ। थापाले विश्वासको मत प्राप्त गरेको भनेर सभाको अध्यक्षले गरेको घोषणा गर्ने कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।

सर्वोच्चले ‘दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नू नगराउनू’ भनेकाले मुख्यमन्त्री थापाको हैसियत कामचलाउ हुन पुगेको छ।

मुख्यमन्त्री थापालाई सर्वोच्च अदालतको यो दोस्रो धक्का हो।

Ncell 2
Ncell 2

अघिल्लो पटक गत असार २१ मा थापाले पदासीन सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनी मुख्यमन्त्री भएता पनि सर्वोच्चले उनलाई २२ दिनमै पदमुक्त गरिदिएको थियो। न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेको पूर्ण इजलासले साउन ११ मा थापा सरकार गठन प्रक्रियालाई नै असंवैधानिक भनिदिएको थियो। र सरकार गठनको नयाँ प्रक्रिया सुरु गर्न भनेको थियो।

‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले प्रक्रिया अगाडि बढाउनु मनासिब हुने’ भन्दै सरकार गठनका लागि नयाँ प्रक्रिया अगाडि बढाउन भनेको थियो।

दोस्रोपटक थापाले साउन १६ गते मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यसपटक भने सभामुख गौतमलाई राजीनामा दिन लगाइएको थियो। यसपटक भने उनको नियुक्ति प्रक्रियामा प्रश्न उठेको थिएन। तर, विश्वासको मत लिन कठिनाइ रहेको भने सुरुदेखि नै आकलन गरिएको थियो।

भदौ ४ गते थापाले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका थिए। सो बैठक छल्ने उद्देश्यसहित एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवार ‘बिरामी’ भएको भन्दै काठमाडौं प्रस्थान गरेकी थिइन्। सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलका एक जना सदस्य इस्राइल मन्सुरीले सो सभा सञ्चालन गरेका थिए। उनलाई सभा सञ्चालन गर्न भन्दै दनुवारले प्रदेश सभा सचिवालयमार्फत् पत्राचार गरेकी थिइन्।

मन्सुरीले सभा सञ्चालन गरेको र प्रक्रिया अनुसार अघि बढेको थियो। विश्वासको मत लिने प्रस्तावमाथि मतदान पनि भएको थियो। तर मतदान सच्याउने समय समेत बितिसकेपछि मन्सुरीले अध्यक्ष मण्डलकै अर्की सदस्य गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गर्न भन्दै आफूले मतदानमा भाग लिएका थिए। र पछि मतपरिणाम सार्वजनिक गरेका थिए। जसमा मुख्यमन्त्री थापाले विवादास्पद विश्वासको मत पाएका थिए।

प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा भएको भए पनि एमालेका संसदीय दलका नेता हिक्मत कार्कीका तर्फबाट सर्वोच्चमा रिट दर्ता गरिएको थियो। सोही रिटमाथि सुनुवाइ गर्दै बिहीबारको आदेश आएको हो।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै
बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै एमाले बाहेक नयाँ मुख्यमन्त्रीको दाबी पेश गर्न ७ दलले तयारी गरेका छन् । नेपाली काँग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र... शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् । शुक्रबार, मंसिर १९, २०८२
‘लडाइँ नचाहने हो भने राजसंस्थाबारे जनमत संग्रह गरौँ’ : दुर्गा प्रसाईँ आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरू राखेको उल्लेख गर्दै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै शुक्रबार, मंसिर १९, २०८२
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका शुक्रबार, मंसिर १९, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस शुक्रबार, मंसिर १९, २०८२
यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्