• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेश : मुख्यमन्त्री थापालाई सर्वोच्चको दोस्रो धक्का!

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०८०  १८:२७
1140x725

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गत ४ गते प्राप्त गरेको विश्वासको मत संविधानसम्मत् मान्न नसकिने सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् जनाएको छ। बुधबार दर्ता रिटमाथि सुनुवाइ गर्दै ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो।

सर्वोच्चले ‘मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत् रुपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपरको सुनुवाइ टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नु, नगराउनु भनी’ आदेश दिइएको हो।

सर्वोच्चले संविधान अनुसार जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामाबाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने प्रष्ट पारेको छ। थापाले विश्वासको मत प्राप्त गरेको भनेर सभाको अध्यक्षले गरेको घोषणा गर्ने कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।

सर्वोच्चले ‘दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नू नगराउनू’ भनेकाले मुख्यमन्त्री थापाको हैसियत कामचलाउ हुन पुगेको छ।

मुख्यमन्त्री थापालाई सर्वोच्च अदालतको यो दोस्रो धक्का हो।

nimb
nimb
Ncell 2
Ncell 2

अघिल्लो पटक गत असार २१ मा थापाले पदासीन सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनी मुख्यमन्त्री भएता पनि सर्वोच्चले उनलाई २२ दिनमै पदमुक्त गरिदिएको थियो। न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेको पूर्ण इजलासले साउन ११ मा थापा सरकार गठन प्रक्रियालाई नै असंवैधानिक भनिदिएको थियो। र सरकार गठनको नयाँ प्रक्रिया सुरु गर्न भनेको थियो।

‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले प्रक्रिया अगाडि बढाउनु मनासिब हुने’ भन्दै सरकार गठनका लागि नयाँ प्रक्रिया अगाडि बढाउन भनेको थियो।

दोस्रोपटक थापाले साउन १६ गते मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यसपटक भने सभामुख गौतमलाई राजीनामा दिन लगाइएको थियो। यसपटक भने उनको नियुक्ति प्रक्रियामा प्रश्न उठेको थिएन। तर, विश्वासको मत लिन कठिनाइ रहेको भने सुरुदेखि नै आकलन गरिएको थियो।

भदौ ४ गते थापाले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका थिए। सो बैठक छल्ने उद्देश्यसहित एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवार ‘बिरामी’ भएको भन्दै काठमाडौं प्रस्थान गरेकी थिइन्। सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलका एक जना सदस्य इस्राइल मन्सुरीले सो सभा सञ्चालन गरेका थिए। उनलाई सभा सञ्चालन गर्न भन्दै दनुवारले प्रदेश सभा सचिवालयमार्फत् पत्राचार गरेकी थिइन्।

मन्सुरीले सभा सञ्चालन गरेको र प्रक्रिया अनुसार अघि बढेको थियो। विश्वासको मत लिने प्रस्तावमाथि मतदान पनि भएको थियो। तर मतदान सच्याउने समय समेत बितिसकेपछि मन्सुरीले अध्यक्ष मण्डलकै अर्की सदस्य गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गर्न भन्दै आफूले मतदानमा भाग लिएका थिए। र पछि मतपरिणाम सार्वजनिक गरेका थिए। जसमा मुख्यमन्त्री थापाले विवादास्पद विश्वासको मत पाएका थिए।

प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा भएको भए पनि एमालेका संसदीय दलका नेता हिक्मत कार्कीका तर्फबाट सर्वोच्चमा रिट दर्ता गरिएको थियो। सोही रिटमाथि सुनुवाइ गर्दै बिहीबारको आदेश आएको हो।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीर अस्पतालका लेखा अधिकृत दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ?
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । यस दिन उपसभामुखको निर्वाचन हुनेछ... बुधबार, चैत २५, २०८२
कूटनीतिक मर्यादा र आचारसंहिताबारे मन्त्रीहरूलाई परराष्ट्रको प्रशिक्षण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त प्रस्तुतीकरणमा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहाद... बुधबार, चैत २५, २०८२
सांसदले सोधे- रासायनिक मलका लागि पूर्वतयारी के छ सरकार ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न माग गर... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
वीर अस्पतालका लेखा अधिकृत दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर बुधबार, चैत २५, २०८२
प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित बुधबार, चैत २५, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
४२ अङ्कले बढ्यो सेयर बजार बुधबार, चैत २५, २०८२
कूटनीतिक मर्यादा र आचारसंहिताबारे मन्त्रीहरूलाई परराष्ट्रको प्रशिक्षण बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्