काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो संलग्नता हुँदै नभएको गिरीबन्धु टी–स्टेटमा कुरा झिकेर भ्रम झर्न खोजेको बताएका छन्।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता लुकाउन गिरीबन्धु टी–स्टेटको कुरा झिकेर भ्रम छर्न खोजेको आरोप लगाए।
उनले सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेको पुष्टि भएको दाबी गरेका छन्। आफैं संलग्न भएको प्रमाण सँगै ट्याक्सीमा रहेका अभियुक्तलाई भगाएर सरकारले प्रमाणित गरेको उनको भनाइ छ।
सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरुलाई भगाउन लागेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।