काठमाडौं- नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक कार्यक्रम तय गरेको हो।
२०१४ वैशाख २९ गते जन्मिएका कार्कीको बुधबार साँझ वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। कांग्रेसको संगठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले सक्रिय योगदान पुर्याएका कार्कीको पार्थिव शरीरमा बुधबार बिहान सभापति देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
बिहीबार बिहान ९ बजेदेखि ११ : ३० बजेसम्म उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको कार्की शव अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कारका लागि पशुपति आर्यघाटमा राखिएको छ।
केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कार्कीको मृत्युले पार्टीमा अपूरणीय क्षति पुगेको निष्कर्ष निकाल्दै भदौ ७ र ८ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। यसैगरी बैठकले १३ औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।