• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पूर्वराजदूत झा हत्या प्रकरण : अनुसन्धानको ‘लेन्स’मा परिवारकै सदस्य? हाइप्रोफाइल हत्यामा लाचार प्रहरी

64x64
नेपाल लाइभ मंगलबार, भदौ १९, २०७५  ०१:२३
1140x725

काठमाडौं– पूर्वराजदूत केशवराज झाको बवरमहलस्थित आफ्नै निवासको एउटा एकान्त कोठामा रहस्यमय तरीकाले हत्या भएको दुई हप्ता बढी भयो। ३ भदौको राति चक्कु प्रहारबाट  ८० बर्षिय झाको निर्मम हत्या भएको थियो। तर, प्रहरीले अहिलेसम्म अपराधको गुत्थी पहिल्याउन सकेको छैन। 

‘अपराधको अनुसन्धान भइरहेको छ, अहिल्यै यही हो भनेर हामी सूचना दिने अवस्थामा छैनौं’ अनुसन्धानको नेतृत्व गरिरहेका महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्र राठौरले लाचारी प्रकट गरे, ‘अनुसन्धानमा प्रगति भइरहेको छ भनेर पनि भन्ने अवस्थामा छैनौं। हाम्रो सूचना कि जीरो हुन्छ, कि अनुसन्धान पुरा भएको विवरण।’

देशमा बलात्कार जस्ता जघन्य अपराध सतहमा आइरहेका र गृहमन्त्रालय स्वयं आफ्नै हर्कतका कारण विवादित बनिरहेका बेला पूर्वराजदूत झा हत्या प्रकरणको अनुसन्धानमा प्रहरीलाई कुनै दवाव छैन। यद्यपी प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको दाबी गरेको छ। 

हामीले अनुसन्धानमा रहेका प्रहरीलाई सोध्यौं,  ‘हाइप्रोफाइल हत्या भएको दुई हप्ता वित्यो। त्यो पनि देशकै राजधानीमा। यो बीचमा तपाईँहरुले गर्नुभयो के?’ 

प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको दाबी गरेको छ। उसका अनुसार झा हत्या प्रकरणमा पक्राउ परेका ३ जनाको गएको बुधबार ‘पोलिग्राफ’ परीक्षण गरिएको छ। झाको घरमा काम गर्ने एक सहयोगी र दुई जना मालीलाई महाशाखाका प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेपछि नियन्त्रणमा लिएका थिए। 

प्रहरीले आफ्नो कब्जामा लिएका झाको घरमा काम गर्ने सहयोगीहरुको प्रारम्भिक बयान चित्त बुझ्दो नभएकाले ‘पोलिग्राफ’ परीक्षण गरेको हो। तर यसको रिपोर्ट भने प्रहरीले लुकाएको छ। अनौपचारीक कुराकानी गर्दा प्रहरीहरु झाका सहयोगीहरुको ‘पोलिग्राफ’ परीक्षणको रिपोर्टबाट त्यत्ति उत्साही छैनन्। 

प्रहरीले घटनास्थलबाट जे जे सामग्रीहरु प्रमाणका रुपमा संकलन गरेको थियो, त्यसको प्रारम्भिक अनुसन्धानबाट पनि प्रहरी निरास देखिन्छ। चक्कु जुन पूर्वराजदूत झाको टाउकोमा प्रहार भएको भनिएको छ, त्यसको ‘ल्याव टेष्ट’ गर्दा त्यसमा कसैको ‘फिङ्गर प्रिन्ट’ भेटिएन। ‘सम्भवत पञ्जा लगाएर हत्या गरिएको हो, बरामद भएका पञ्जाहरुमा दह्रो प्रमाण सामग्री बनेनन्’ अनुसन्धानमा सहभागी एक प्रहरीले नेपाल लाइभलाई बताए, ‘अहिलेसम्म हामीलाई उत्साही गराउने प्रकारको प्रमाण जुटेको छैन।’

nimb
nimb
Ncell 2
Ncell 2

अनुसन्धानको सुई सही दिशामा छ कि छैन भन्नेमा प्रहरी अन्योलमा छ। झा हत्या प्रकरण केही विशिष्ट कारणले गर्दा पनि रहस्यमय छ। रहस्य अव प्रहरीका लागि जटिलतामा अनुदित हुँदै गइरहेको छ। 

प्रहरीको अनुसन्धान अहिलेसम्म कुन कुन प्रश्नलाई केन्द्रमा अघि बढेको थियो त? खासमा जटिलता कहाँ छ? 

झाको परिवार एउटा सम्पन्नशाली परिवार हो। घरमा एक छोरी र छोराबुहारी छन् जो विदेशमा काम गर्छन्। स्वदेश आएका छोराबुहारी घटनाको दुई दिन अघिमात्र विदेश गएका थिए। झाकी एक छोरी विदेशमा नै छिन् भनिएको छ। घरमा श्रीमती मात्र छिन्। 

झाको घरमा दुई वटा गेट छन्। पश्चिमतर्फको ढोका खुल्ने गरेको छ भने पूर्वतर्फको सधैं बन्द। घटना भएको रात पश्चिमको गेट पनि बन्द थियो। घरमा प्रवेश गर्ने अर्काे ढोका भनेको छतको हो। त्यो पनि बन्द थियो। 

त्यो अवस्थामा हत्यारा कसरी घरभित्र प्रवेश गरे? प्रहरीले प्रश्नको यही विन्दूबाट अनुसन्धान सुरु गरेको थियो तर अहिलेसम्म यही प्रश्नको जवाफ भेटिएको छैन।

पहिलो तलामा रहेको कोठको झ्यालको जाली काटिएको भनिएको छ जुन कोठमा झाकी श्रीमती सुतेकी थिइन् भनिएको छ। त्यहीबाट हत्यारा प्रवेश गरेको अनुमान प्रहरीको छ। तर, जाली छिनाल्दा समेत श्रीमती झाले किन केही थाहा पाइनन्? यो आफैमा अनौठो प्रश्न छ। 

हत्यामा संलग्न व्यक्तिहरुले झाको घरबाट केही नलिई गएका छन्। जसले हत्याकै लागि उनीहरु गएको जस्तो पनि देखिन्छ। कसैसँग पनि रिसराग र झैझगडाको पहलु फेला नपारेको प्रहरीले झाको हत्या किन र कसरी गरियो भन्ने आश्चर्यलाई सल्टाउन सकेको छैन।

घटनास्थलको परिदृश्यले पनि प्रहरीलाई अचम्ममा पारेको छ । झ्यालमा रहेको किताबमा समेत रगत पुग्ने गरी झामाथि चक्कु प्रहार भएको छ। तर, घटनास्थलभन्दा बाहिर भने रगतको कतै प्रमाण भेटिन्न। प्रहरीले यही आधारमा पनि घटनामा पेशेवर अपराधीको हात हुन सक्ने अनुमान गरेको छ।

अर्को आश्चर्य के भने, झाको घरमा एउटा कुकुर रहेछ जसलाई उनको निकै माया गर्थे भनिएको छ। हत्याको रात अपराधीहरु बन्द गेट छलेर घरभित्र प्रवेश गर्दा र झ्यालको जाली काट्दा समेत कुकुरले किन कुनै प्रतिक्रिया दिएन? या दिएर पनि घरमै रहेकी झाकी श्रीमतीले किन थाहा पाइनन्? 

अनुसन्धानमा रहेका प्रहरीहरुका अनुसार यो रहस्यमयी घटनामा अनौठा र जटिल पक्षहरु देखिएका छन्। तर अनुसन्धानको प्रक्रियाले अपेक्षाकृत परिणाम भने हात लाग्न सकेको छैन। 

‘अनुसन्धानको दायरा अलिक फराकिलो हुँदै जान सक्छ’ महाशाखा स्रोत भन्छ, ‘कतिपय कुरामा परिवारका सदस्यहरु पनि छानबिनको दायरामा आउन सक्छन्। र, अहिले नै यो घटनाबारे यस्तो भयो भन्न सकिने अवस्था छैन।’

प्रहरीले अहिलेसम्म अनुसन्धानमा परम्परागत प्रक्रिया अपनाएको देखिन्छ। प्रहरी स्वयंले पूर्वराजदूत केशव झाको हत्यालाई उपत्यामाका भएका एकदम कम रहस्ययी हत्यामध्ये एक स्विकारेको छ। घटनाको जटिलता स्विकार गरिसकेपछि यो अपराधको अनुसन्धान पुरानै विधीबाट गरिनुले प्रहरी सृजनशील हुन नसकेको भने स्पष्ट छ। 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०७५  ०१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभामुख ठाकुरले लिइन् शपथ
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने
सम्बन्धित सामग्री
सम्पत्ति शुद्धीकरण कसुरमा सुलभ अग्रवाल पक्राउ शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आज बिहान नियन्त्रणमा लिएको हो । आइतबार, चैत २२, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए । आइतबार, चैत २२, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुल... शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
उपसभामुख ठाकुरले लिइन् शपथ शुक्रबार, चैत २७, २०८२
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला शुक्रबार, चैत २७, २०८२
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने शुक्रबार, चैत २७, २०८२
संसदीय सुनुवाइ समिति गठन शुक्रबार, चैत २७, २०८२
हाजिरी जमानीमा रिहा भए बले शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्