काठमाडौं- नेकपा एमालेले कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको टिप्पणी गरेको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले कोशी प्रदेश सरकार असंवैधानिक भएको बताए। ‘केही दिनअगाडि सभामुख जस्तो स्वच्छ, स्वतन्त्र र तटस्थ बस्नुपर्ने मान्छेलाई हस्ताक्षर गराएर सरकार बनाउने काम भयो। अदालतले त्यो असंवंधानिक भन्यो,’ उनले भने,‘फेरि आज आफै सभामुखको कुर्सीमा बसेर अन्तिममा मतदान गर्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो।’
उनले सभाअध्यक्षलाई मत बराबर भए निर्णायक मत दिने अधिकार मात्रै भएको बताए। एमालेले उक्त गतिविधिको निन्दा गर्ने उनको भनाइ थियो। कोशी प्रदेश सभामा भएका गतिविधि निन्दनीय भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।