काठमाडौं- कान्तिपुर डेन्टल कलेजले मानसिक तनाव दिएको भन्दै प्रथम वर्षमा अध्यनरत एक छात्राले ओभरडोज औषधि खाएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
कलेजले आन्तरिक परीक्षाको नतिजालाई लिएर पटक-पटक मानसिक दबाब र तनाब दिएर वार्षिक परीक्षामा समेत सामेल नगराउने भनेपछि आत्महत्याको प्रयास गरेको कलेजका अन्य विद्यार्थीहरूले जनाएका छन्।
अहिले नर्भिक अस्पतालको आइसियुमा उनको उपचार भइरहेको छ। कलेज प्रशासनले आफ्नो कमि कमजोरी लुकाउन अनेक प्रयार गरेको अनेरास्ववियु चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले विज्ञप्तिमार्फत् जनाएको छ।
कमिटीले मानसिक तनाव दिने कलेज प्रशासनलाई कारबाही गर्न माग गरेको छ। कलेज प्रशासनले दादागिरी देखाएर परीक्षामा समावेस हुन रोक लगाएको आरोप विद्यार्थीहरूको छ।
यसबारेमा कलेजका प्रिन्सिपल डा रविन्द्रमान श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।