काठमाडौं- नेपाल जनमत पार्टीका अध्यक्ष डा सीके राउत भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी(भाजपा)को हेडक्वाटरमा पुगेका छन्।
बुधबार नयाँदिल्लीस्थित दिन दयाल उपाध्याय मार्गमा रहेको मुख्यालयमा पुगेर उनले भाजपाका विदेश मामिला इन्चार्ज विजय चौथाइवालेसँग भेटघाट गरेका हुन्।
भेटघाटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन छलफल भएको भाजपा विदेश विभागले जनाएको छ।उनीहरूबीच दुई देशमा पार्टी सम्पर्क विस्तार गर्ने विषयमा पनि छलफल भएको भाजपाले ट्विटमार्फत् जनाएको छ।
भेटमा चौथाइवालले राउतलाई भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा लिखित ‘मोदी शार्पिङ अ ग्लोबल अर्डर इन फ्लक्स’ पुस्तक उपहार दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।