काठमाडौं- सभाको अध्यक्षता गरेका व्यक्तिले मत बराबर नभएको अवस्थामा निर्णायक मत दिएको भन्दै कोशी प्रदेश सभाको बैठक नेकपा एमाले र राप्रपाले बहिष्कार गरेका छन्।
४ गतेको प्रदेश सभा बैठकको अध्यक्षता गरेका कांग्रेसका इस्त्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएका थिए। सो प्रकरणको विरोध गर्दै विपक्षी दलहरु एमाले र राप्रपाले संसदीय परम्परा विपरीत भएको भन्दै बुधबारको बैठक बहिष्कार गरेका थिए।
विपक्षी दलहरुले बैठक बहिष्कार गरेपछि सभाको अध्यक्षता गरिरहेका मन्सुरीले प्रदेश सभाको बैठकमा अर्को सूचना जारी नभएसम्म स्थगित भएको घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।