काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ।
लामो समयदेखि बिरामी रहेका उनका पिता हर्कबहादुर राईको निधन भएको छ। किरातीका बुवा हर्कबहादुर विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए।
मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् बुवाको निधन भएको जानकारी दिएका छन्।
मन्त्री किरातीकी आमाको पहिले नै निधन भइसकेको थियो। बुवाको निधन भएपछि किरातीले सामाजिक सञ्जालमा लेखेका छन्– आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन। सारा नेपाली मेरो आमा बुवा हुन्। बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु। निशब्द छु, तर भन्न बाध्य छु वुवा हार्दिक श्रद्धाञ्जली !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।