काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपाले भदौ ६ गतेदेखि देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको हो।
सदनबाट पारित हुँदा १२ बुँदे व्याख्यात्मक टिप्पणी भए पनि अमेरिकाले उक्त टिप्पणीप्रति कुनै वास्ता नगरी नेपालाई सैन्य अखडा बनाउने कोशिस भइरहेकाले एमसीसीविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरिएको नेकपाले जनाएको छ।
मंगलबार सार्वजनिक संघर्षका कार्यक्रमअनुसार भदौ ६ गते देशव्यापी वालिङ, ७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीसीका प्रमुख खड्कबहादुर विष्टको पुत्ला दहन, ९ गते गाउँगाउँमा जागरण प्रचार, १० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाडौंमा एमसीसीबारे अन्तरक्रिया र १२ गते नुवाकोट र तनहुँमा एमसीसीबारे अन्तरक्रिया राखिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।