काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले डायरीमा काम गर्ने रुटिन र दिमागमा योजना नभएको नेता कार्यकर्तालाई अब माओवादी पार्टीमा सजिलो नहुने दाबी गरेका छन्।
शर्माले नेता कार्यकर्ताले अबको पार्टी आन्दोलनमा आफूलाई समयसँगै ‘अपडेट’ नगरे ‘आउट डेटेड’ हुने पक्का भएको भन्दै यस्तो दाबी गरेका हुन्।
भक्तपुरको ठिमीमा मंगलबार ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता शर्माले यस्तो विचार राखेका हुन्।
माओवादीले आगामी विशेष अधिवेशनबाट नेताहरु कार्यकर्ताहरु छान्ने कुरालाईव्यबस्थित गर्न ‘अउलंघनीय विधि लागू गर्ने’ निर्णय गर्ने गरी पछिल्लो केन्द्रीय समितिबाट ‘म्यान्डेट’ लिइसकेको भन्दै कार्यकर्ताको मन नजिती नेता हुने परिपाटीको अब अनिवार्य अन्त्य हुने भन्दै शर्माले कार्यकर्ता र जनतामा जान सुझाव दिए।
बागमती प्रदेशको इन्चार्जको जिम्मेवारीमा रहेका नेता शर्माले फरक प्रसंगमा समय बदलिएको तर राजनितिक दलका नेता कार्यकर्ताहरुले परिवर्तित समयको बहाव समात्न नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।