काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले कार्यभार सम्हालेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चका पुगेका उनलाई कर्मचारीहरूले फूलमाला र खादासहित स्वागत गरेका थिए। त्यसपछि उनले प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन्।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले साउन १८ गते नयाँ नेतृत्वको लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइका साउन २३ गते १० दिने उजुरी आह्वान गरेको थियो। सोमबार संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्वत रुपमा अनुमोदन गरेको थियो।
सोही दिन राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।