काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले चाहेको भए मंगलबारदेखि नै संसद् खुल्ने बताएका छन्। संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद अवरोध खुल्न सक्ने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण संसद् खुल्न नसकेको बताए।
उनले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने पनि बताएका छन्। सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाउँदै उनले सरकारले तस्करहरूको संरक्षण गरिरहेको आरोप लगाए।
सचेतक बर्तौलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै गइरहेको आरोपसमेत लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।