बैतडी– दार्चुलामा नुहाउन भनेर खोलामा गएका प्रधानाध्यापक एक हप्तादेखि सम्पर्कविहीन भएका छन्। जिल्लाको लेकम गाउँपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालय बिटोराका प्राधानाध्यापक अनिरुद्र भट्ट सात दिनदेखि बेपत्ता छन्।
५६ वर्षीय भट्ट साउन ३१ गते दिउँसो आमालाई खाना पकाउन लगाएर आफू नजिकैको खोलामा नुहाउन गएका थिए। त्यसपछि उनी नफर्किएको भट्टका आपन्ता अम्बादत्त भट्टले जानकारी दिए।
बेपत्ता शिक्षक भट्टको स्थानीयहरू र प्रहरीले खोजि गरिरहेका छन्। भिरमा लडेको हुनसक्ने आशंकामा नजिकका सबै गाउँका खोला, भिरपाखाहरुमा हेरे पनि नभेटिएको बताइएको छ।
प्रहरी चौकी रातामाटाबाट निरन्तर सुरक्षाकर्मीहरु खोजी कार्यमा खटिएका छन्। ईलाका प्रहरी कार्यालय रिठाचौपाताका इन्चार्ज तिलक कलौनीको नेतृत्वमा रिठाचौपाताबाटसमेत प्रहरी टोली खटिएको थियो।
स्थानीयबासीन्दा र प्रहरीले खोजी गर्दा अहिलेसम्म भट्ट फेला नपरेको रिठाचौपाता प्रहरी कार्यालयका इन्चार्ज कलौनीले बताए। बेपत्ता भट्टको खोजी कार्य जारी रहेको आफन्तजनले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।