फाइल तस्बिर
काठमाडौं– भारतबाट भित्रिने कुखुरा र कुखुराजन्य पदार्थको अवैध आयात रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ। खुला सिमानाका कारण अवैध आयात बढेको गुनासो आएपछि गृहले त्यसलाई रोक्न निर्देशन दिएको हो।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी निकाय र व्यवसायीबीच छलफल भएको थियो। छलफलको २ दिनपछि मंगलबार गृहले ५ बुँदे निर्णय जारी गरेको छ:
१. खुला सीमानाकाबाट गैरकानूनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउने।
२. अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुनबमोजिम आवश्यक कानूनी कारबाही गर्ने।
३. सीमा नाकामा गस्ती निगरानी बढाउने।
४. सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरहरूलाई हटाउने।
५. भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।