काठमाडौं– नेपाली कांग्रेस निर्वाचन समितिको संयाोजकमा पूर्व महान्याधिवक्ता खम्बबहादुर खाती मनोनित भएका छन्।
कांग्रेसको विधान २०१७ (संशोधन सहित)कांग्रेस निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा खातीलाई मनोनित गरेका हुन्।
त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा ३४ (७) बमोजिम समितिको आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा गठित केन्द्रीय अनुशासन समितिको सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सन्जयकुमार गौतम र राजीव कोइरालालाई अनुशासन समितिको सदस्यमा मनोनित गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।