काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका छन्। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रीहरू छलफलमा जुटेका हुन्। खड्का कांग्रेसका उपसभापति समेत हुन्।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छलफलमा मन्त्री खड्कासहित कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू, महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य र वाणिज्य आपूर्तिमन्त्री रमेश रिजाल सहभागी छन्।
अर्थमन्त्री प्रकाशशरण महत भने यतिबेला विदेश भ्रमणमा रहेकाले बैठकमा अनुपस्थित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।