काठमाडौं– चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा कार्यरत नर्स र सुरक्षा गार्डमाथि आक्रमण भएको छ। आफ्नी आमाको उपचारका क्रममा मृत्युपछि आवेगमा आएका छोराले नर्स तथा सुरक्षा गार्डमाथि सोमबार हातपात गरेका हुन्।
आइसीयूमा राखी फोक्सोको क्यान्सरको उपचार गराइरहेकी आमाको मृत्युपछि मकवानपुरका रोशन सुनारले आइसीयूमा छिरेर त्यहाँ कार्यरत नर्स जस्मिना श्रेष्ठमाथि हातपात गरेका थिए।
सहकर्मीमाथि आक्रमण भएपछि त्यहाँ कार्यरत चिकित्सक तथा नर्सले उनलाई समाउन खोजेका थिए। तर उम्केर उनी गेटसम्म पुगे। त्यहाँ खटिएका सुरक्षा गार्डले उनलाई समाउन खोजे, तर उनले झोलाबाट धारिलो बस्तु झिकेर हातै काटिदिए।
कलेजका सीईओ डा सुप्रभात श्रेष्ठले अहिले रोशनलाई प्रहरीको जिम्मा लगाइएको बताए।
उपचाररत बिरामीको अवस्थाका बारेमा अस्पताल र चिकित्सकले नियमित रुपमा बिरामी पक्षलाई जानकारी गराइएको डा श्रेष्ठको भनाइ छ। अस्पतालको ब्रिफिङअनुसार मृतकका पतिले सहज रुपमा लिए पनि छोरा आवेगमा आएको डा श्रेष्ठको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।