काठमाडौं– काठमाडौं महानगरपालिका भित्रका ६ वटा संस्थागत विद्यालयले नाम, स्थान र स्वामित्व परिवर्तनका लागि काठमाडौं महानगरपालिकामा निवेदन दिएका छन्।
महानगरपालिकाको शिक्षा विभागका अनुसार संस्थागत विद्यालयहरूले (नाम, स्थान र स्वामित्व) परिवर्तन गरी पाउँ भनी कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम, स्थान र स्वामित्व परिवर्तन गरेको पत्रसहित निवेदन गर्दा गराएका हुन्।
निवेदन दर्ता भएसँगै महानगरपालिकाले शैक्षिक संस्थासँग कुनै व्यक्ति वा संघ संस्थाको कुनै किसिमको दाबी विरोध भएमा आवश्यक प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।