काठमाडौं- नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
अमेरिकी राजदूत थम्पसन र एमाले अध्यक्ष ओलीबीच मंगलबार बिहान ओली निवास बालकोटमा भेटघाट भएको हो। प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न राजदूत थम्पसन बालकोट पुगेका थिए ।
अमेरिकी राजदूत थम्पसन र ओलीबीच दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।