काठमाडौं– सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।
ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ।
सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन्। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नाम्सि पुल नजिकै खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।
अहिले सडक डिभिजन कार्यालय भरतपुरको डोजरबाट पहिरो पन्छाउने काम भइरहेको छ। माथिबाट ढुंगा खस्ने क्रम नरोकिए पहिरो पन्छाउन समय लाग्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।