काठमाडौं– ललिता निवासको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ।
उक्त प्रकरणमा सीआईबीले जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सीआईबीले सोमबार उनको बयान लिएको हो। दिउँसो नै बयानका लागि बोलाइए पनि व्यस्त भएको जानकारीसहित आफूलाई फर्काइएको मन्त्री जोशीले सामाजिक सञ्जालमा लेखेका थिए।
जोशीले बयान लिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तत: बोझबाट हलु्का भएको छु। सीआईबीसमक्ष बयान दिएर आइयो। सीआईबीलाई धन्यवाद। ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ। चाहिएको बेला सहयोगका लागि तत्पर छु।’
पूर्वभूमिसुधारमन्त्री जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि प्रतिवादी थिए। त्यसबेला अदालत हाजिर भएर उनी तारेखमा छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।