काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान अनुसार काम गर्ने र केही गलत भएमा त्यसको जवाफ संविधानले दिने बताएका छन्।
यसअघि एमालेले सभाको अध्यक्षता गरेकाले मुख्यमन्त्रीको पक्षमा मत हाल्न नहुने र हालेमा संविधान र कानुनको हुर्मत लिएको ठहर्ने बताएको थियो।
त्यसको जवाफ दिँदै थापाले उक्त जवाफ दिएका हुन्। उनी आजको प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास रहेको भन्दै मत मागिरहेका छन्।
‘गलत गर्यौं भने त्यसको जवाफ कानुनले दिइहाल्छ। संविधानसम्वत् गलत गर्यौं भने त्यसको जवाफ पनि संविधानले दिइहाल्छ। यहाँ धेरै व्याख्या गर्नु पनि उपयुक्त ठानिनँ,’ थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।