• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वदलीय बैठकमा गृहमन्त्री श्रेष्ठमाथि देउवाको आक्रोश- हाम्रालाई थुन्ने, आफ्नालाई जोगाउने?

64x64
नेपाल लाइभ सोमबार, भदौ ४, २०८०  १७:०४
1140x725

काठमाडौं- प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वाग्रही व्यवहार गरेको बताएका छन्। आइतबार बसेको सर्वदलीय बैठकमा सभापति देउवा अनपेक्षित रुपमा आक्रोशित भएको सहभागी एक नेताले बताए। 

देउवाले बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेताहरुलाई पक्राउ गरेको तर सुनकाण्डमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि अनुसन्धान नै अघि नबढाएकोमा आक्रोश पोखेका हुन्। 

बैठकमा सहभागी ती नेताले नेपाल लाइभसँग भने, ‘कांग्रेस सभापति देउवा गृहमन्त्री श्रेष्ठसँग निकै आक्रोशित देखिनुभयो। उहाँले भन्नुभयो- कसैले पोलेकै भरमा हाम्रा नेताहरुलाई थुन्ने, आफ्ना नेताहरुको नाम जोडिँदा पनि वास्तै नगर्ने। यस्तो पनि हुन्छ? यो तरिका ठिक भएन।’

देउवाले एकपटक नभइ त्यही कुरा पटक-पटक उठाएका थिए। उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको काम गर्ने शैलीमाथि प्रश्न उठाइरहेका देउवालाई कांग्रेस उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रोक्न खोजे। खड्काले रोक्दै भनेका थिए, ‘यो विषय र प्रसंग मिलेन कि सभापतिज्यू।’ खड्कालाई समेत रोकेर देउवा फेरि गृहमन्त्रीमाथि खनिएका थिए।

देउवाले  बालकृष्ण खाणको नाम लिँदै माओवादी नेता महरा पक्राउ नपर्नुको कारण श्रेष्ठसँग मागेका थिए। देउवाको भनाइलाई उदृत गर्दै ती नेताले भने, ‘हाम्रो पार्टीको मान्छे जाने, प्रतिपक्ष दलको मान्छे जाने तर तपाईं (माओवादी केन्द्र)को मान्छे नजाने भनेपछि शंका उत्पन्न हुँदैन?’

Ncell 2
Ncell 2
nimb
nimb

देउवाको पटक-पटक आक्रोशपूर्ण अभिव्यक्ति सुनेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले लामो समय कुनै प्रतिक्रिया दिएनन्। उनले यत्ति भने, ‘आज सभापतिज्यूलाई के भएको छ? किन यसरी रिसाइरहनुभएको छ?’ 

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ। सोही विषयमा सहमति खोज्न आयोजित बैठकमा देउवा सत्ता साझेदार दलकै मन्त्रीसँग रिसाएका हुन्। 

विमानस्थलबाट बाहिरिएको तस्करीको ६० केजी सुन प्रधानमन्त्री मातहतमा रहेको राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। सत्तारुढ दलकै सांसदहरुले समेत गृहमन्त्री र अर्थमन्त्रीको राजीनामाको माग गर्दै उनीहरुमाथि समेत अनुसन्धान हुनुपर्ने बताइरहेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पटकपटक बसिरहेको सर्वदलीय बैठकले सहमति जुटाउन सकेको छैन। सोमबार अपराह्न ४ बजेका लागि बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत गएपछि साँझ ७ बजेका लागि सारिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाएका छन्।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
सम्बन्धित सामग्री
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति... शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्क... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, कात्तिक २२, २०८३
आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै आइतबार, कात्तिक २२, २०८३
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
भोटेकोशी बाढीमा बेपत्ता २२ सय ९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्