काठमाडौं– प्रदेश सभाको बैठक डाकेर काठमाडौं उडेकी उपसभामुख सिर्जना दनुवारको बचाउ गरेको छ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन स्वास्थ्मा समस्या आयो भन्दै काठमाडौं उडेकी उपसभामुखको भूमिकालाई लिएर सत्तापक्षले लगाएको आरोपको खण्डन गर्दै एमाले सचेतक रेवती रमण भण्डारीले बचाउ गरेका हुन्।
सोमबारको बैठक बस्ने कि नबस्ने भन्ने अन्योलकाबीच ढिलोगरी सुरु भएको प्रदेश सभाको बैठकमा भण्डारीले उपसभामुख जिम्मेवारपूर्ण ढंगले प्रस्तुत भएको बताएका छन्।
‘उपसभामुखले महत्त्वपूर्ण ढंगले, बढो जिम्मेवारपूर्ण ढंगले आफ्नो भूमिका निर्वाह गरेको देखिरहेका छौं हामीले। मुख्यमन्त्रीले विश्वासको मत लिन्छु भन्ने सूचना सचिवालयमा दर्ता गर्नु भयो। उहाँले ४ गतेको समय तोकिदिनु भयो। म समय नै तोक्दिन १३ गते कटाइदिन्छु भन्नु भएन नि,’ बचाउ गर्दै भण्डारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।