काठमाडौं- सेयर बजार २ हजार अङ्कबाट ओरालो लागेको छ। सोमबारको कारोबार सकिँदा सेयर बजार १२.९३ अङ्कले घटेको छ। उक्त अङ्कको गिरावटले नेप्से परिसूचक १९९८ कायम भएको छ।
कारोबार रकम पनि यसअघिको तुलनामा घटेको छ। आज १ अर्ब ४० करोड बराबरको कारोबार भएको छ। आइतबार १ अर्ब ४४ करोडमाथि कारोबार भएको थियो।
सोमबार ४८ कम्पनीको मूल्य बढ्दा १७१ को घटेको छ। यस्तै, सबै उपसूचकहरु राताम्मे भएका छन्। जसमा सबैभन्दा धेरै जीवन बीमा घटेको छ। यो ८४ अङ्कले गिरावट आएको छ। त्यस्तै, बैंकिङ ४.४, विकास बैंक १३, फाइनान्स २२, होटल तथा पर्यटन ३८, जलविद्युत् २९, उत्पादन ५६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ४९, अन्य ८ र व्यापार उपसमूह ३३ अङ्कले घटेको छ।
आज धेरै बढ्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुकरी हाइड्रोपावर रहेका छन्। यिनको मूल्य क्रमश: १० प्रतिशतले बढेको छ। यस्तै, सामलिङ पावर ५ प्रतिशत, मेन्छियाम हाइड्रोपावर ८ प्रतिशत भने घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।