काठमाडौं– कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पहिचानको आन्दोलनको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी छन्। प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्दै लिम्बूले उक्त कुरा बताएकी छन्।
‘यस प्रदेशमा अहिले पहिचानको आन्दोलन भई नै रहेको छ। यस आन्दोलनप्रति मेरो व्यक्तिगत र मेरो पार्टी जनता समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको छ,’ मन्त्री लिम्बूले भनेकी छन्।
प्रदेशको नामकरणका विषयमा सो प्रदेशमा पहिचानको आधारमा नभएको भन्दै आन्दोलन भइरहेको छ। पहिचान पक्षधरले नामकरणको विषयलाई लिएर विशेषगरी नेकपा एमालेका नेता कार्यकर्तामाथि आक्रामण भइरहेको छ।
तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता हिक्मत कार्कीले प्रदेशको नाम कोशी प्रस्ताव गरेका थिए। सो पक्षमा एमाले लगायत कांग्रेस र माओवादी केन्द्र सहित राप्रापाले समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।