काठमाडौं- आज सोमबार १ बजेका लागि बोलाइएको कोशी प्रदेश सभा बैठक अहिलेसम्म बस्न सकेको छैन। आजको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने कार्यसूची थियो।
सोमबार बिहान बसेको कार्यव्यवस्था समितिले बैठक स्थगित गर्ने निर्णय गरेको थियो। दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले मन्सुरीले बैठक सञ्चालन गर्ने निर्णय गरेपछि दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो।
बहुमतका लागि ४७ सांसद रहेको गठबन्धनमा मन्सुरीले अध्यक्षता गरे पनि थापालाई विश्वासको मत दिन लाउने रणनीति सत्ता गठबन्धनले बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।