काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै(भदौ ४) विश्वासकै मत लिने बताएका छन्। सत्ता गठबन्धनको बैठकमा आजै विश्वासको मत लिएर अघि बढ्ने सहमति भएको उनले बताए।
‘म आजै विश्वासको मत लिन्छु। हामी गठबन्धन दलबीच त्यही सहमती भएको छ,’ नेपाल लाइभसँग संक्षिप्त कुरा गर्दै थापाले भने।
उपसभामुख सिर्जना दनुवारले सोमबार (आज)का लागि बोलाएकी थिइन्। तर उनी नै उपचारका लागि भनेर काठमाडौं आएपछि बैठक बस्ने/नबस्ने अन्योल छ। बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उपसभामुख नै नभएपछि उनले बोलाएको बैठक स्थिगित गर्ने निर्णय गरेको थियो।
उपसभामुख दनुवार काठमाडौं उडेपछि बैठक कसले र कसरी संचालन गर्ने भन्ने सवाल उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।