काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी चिन्तकको रुपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै नाम आउने बताए। उनले स्व. गिरिका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने पनि बताए। स्व. गिरिका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने उनको भनाइ थियो।
‘समाजवादी चिन्तकको रुपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ। उहाँ धेरै ठूलो विद्वान् हो, बीपीपछिको ठूलो समाजवादी चिन्तक हो। उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ,’ उनले भने, ‘उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु। उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ। त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ।’
स्व. गिरिप्रति पार्टीमा धेरैको लगाब र सम्मान रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।