फाइल तस्बिर काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ। सीआईबीले आइतबार राति नेपालसँग बयान लिएको हो।
आइतबार राति कोटेश्वरस्थित नेपालको निवासमा पुगेर बयान लिइएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।
सोही प्रकरणमा सीआईबीले आइतबार राति नै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि बयान लिएको छ। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका बारेमा जानकारी गराउन उनले आफू सीआईबी पुगेर घटनाबारे जानकारी दिएको जानकारी दिएका छन्।
सर्वोच्च अदालतले समेत नीतिगत निर्णय गर्नेमाथि पनि अनुसन्धान गर्न भनेपछि भट्टराईसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको थियो।
सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी कागजात तथा दस्तखत किर्ते भएको प्रकरणमा सीआईबीले किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरेको छ।
अनुसन्धानको समय ६० दिन हुने भएकाले ६० दिन पुग्न लागेकाले सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउन लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।