काठमाडौं– ४ दल सम्मिलित समाजवादी मोर्चाको बैठक जारी छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा जारी बैठकले विभिन्न निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन्।
यसअघि आइतबार साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७:३० बजे बस्ने गरी तोकिएको थियो।
कपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने कार्यसूची छ।
बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ।
मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो। मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।