• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २८, २०८३ Sun, Jul 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री थापा, फेल गराउने रणनीतिमा एमाले

64x64
नेपाल लाइभ सोमबार, भदौ ४, २०८०  ०७:०४
1140x725

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने विश्वासको मत फेल गराउने रणनीतिमा छ। विश्वासको मत लिनु अघिल्लो दिन (आइतबार) नै एमालेले आफ्ना ७ जना ज्येष्ठ सांसदको बिदासम्बन्धी निवेदन पेस गर्दै मुख्यमन्त्रीलाई अप्ठ्यारोमा पारेको छ। 

एमालेका ६ सांसदले ‘घरायसी समस्या’मा परेका कारण प्रदेश सभा उपस्थित हुन नसक्ने भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्। एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले ६ जना सांसदले बिदाको निवेदन दिएको र १ जना सांसद यसअघि नै विदेश भ्रमणमा रहेकाले ७ जना सांसद अनुपस्थित हुने देखिएको बताए। 

‘आइतबार ६ जना सांसदहरुले बिदाको निवेदन दिनु भएको छ,’ भण्डारीले भने, ‘यसअघि १ जना सांसद विदेश भ्रमणमा जानु भएकाले उहाँ पनि उपस्थित हुन नसकिने जानकारी गराएका छौं।’

यसरी घरायसी समस्या देखाएर बिदामा बस्ने सबै  ज्येष्ठ सदस्यहरू छन्। गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले सोमबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान भएको छ। बैठकमा प्रदेश सभामा ज्येष्ठ सदस्य रहेका ६ जना सांसदहरू अनुपस्थित हुने भएपछि एमालेको रणनीति विश्वासको मत फेल गराउने रहेको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

एमालेको रणनीतिमा अर्को विपक्षी दल राप्रपाले पनि साथ दिएको छ। राप्रपाका सांसदहरू अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि ‘घरायसी समस्या’मा परेर सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित हुनेगरी  निवेदन दर्ता गराएका छन्। 

एमालेबाट निर्वाचित सांसद रहेकी हालकी उपसभामुख सिर्जना दनुवार पनि प्रदेश सभा बैठकका अनुपस्थित हुने बुझिएको छ। उनी अनुपस्थित भएको खण्डमा ज्येष्ठ सदस्यहरूले बैठकको अध्यक्षता गर्नुपर्ने नियम छ। तर, आफ्ना सबै ज्येष्ठ सदस्यहरू अनुपस्थित गराएर एमालेले प्रदेश सभाको अध्यक्षता सत्ता गठबन्धनकै सांसदले गर्नुपर्ने परिस्थिति निर्माण गर्न लागेको हो। तर सोमबार वैठक सभामुख नभएपछि उपसभामुखले सञ्चालन गर्ने दाबी भण्डारीले गरे।

अध्यक्ष मण्डलमा रहेका राप्रपाका सांसद अम्बरबहादुर विष्टले पनि बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएपछि सत्ता गठवन्धन अप्ठ्यारोमा परेको छ। यसरी बिदामा बसेका एमालेका सांसदहरूमा रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी छन्। एमालेका सांसद ईश्वरचन्द्र दुलाल बिदा लिएर यसअघि नै अमेरिका भ्रमणमा गएका थिए। उनी फर्केका छैनन्।

प्रदेश सभामा सभामुख र उपसभामुख नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ। तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरूले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ। नियमावली अनुसार उपसभामुख पनि अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलमा बाँकी रहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले बैठक सञ्चालन गर्नुपर्नेछ। उनीहरु गठबन्धनका सांसद हुन्।

एमालेका ज्येष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवारलाई अनुपस्थित गराउने एमाले रणनीति देखिन्छ। यस्तो भएमा ज्येष्ठ सदस्यको १३ औं नम्बरमा रहेका कांग्रेसका अमृत अर्यालले प्रदेश सभाको अध्यक्षता गर्नुपर्ने छ। उनी बैठकको अध्यक्ष भएमा सत्ता गठवन्धनको ४६ सांसद हुने छ। विश्वासको मतका लागि ४७ सांसद आवश्यक हुने भएकाले सत्ता गठबन्धन अप्ठ्यारोमा परेको हो।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
सम्बन्धित सामग्री
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि... शुक्रबार, असार २६, २०८३
संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको प्रष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । शुक्रबार, असार २६, २०८३
ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तार... शुक्रबार, असार २६, २०८३
ताजा समाचारसबै
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज शनिबार, असार २७, २०८३
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध शनिबार, असार २७, २०८३
काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा मध्यम खतरा शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्