काठमाडौं- संसद्को जारी अवरोध खुलाउनेबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको शीर्ष नेताहरुको बैठक जारी छ। प्रधानमन्त्री कार्यालय सिंहदबारमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
साढे १२ बजे प्रधानमन्त्री कार्यालयमा छलफलका लागि बोलाएको बैठक केही ढिलो गरी सुरु भएको थियो। प्रधानमन्त्रीले सदन लामो समयदेखि नचलेको र संसद् नचल्दा महत्वपूर्ण कानुन निर्माणका साथै जनताको आवाज रोकिएकाले छलफलको लागि शीर्ष नेताहरुलाई बोलाएको चार्यले बताए। प्रतिनिधि सभाको बैठकअघि निकासका लागि छलफल बोलाइएको हो।
प्रतिनिधि सभाको बैठक आइतबार १ बजेका लागि बोलाइएको थियो। तर प्रधानमन्त्रीसँगको छलफलमा दलका शीर्ष नेताहरु भएकाले केही ढिलो हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।