• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘कलिङ महोत्सव'मा दक्षिण एसियाका ३ सय लेखक तथा कलाकारको जमघट हुने

64x64
नेपाल लाइभ आइतबार, भदौ ३, २०८०  ११:५३
1140x725

'काठमाडौं– कलिङ साहित्य महोत्सव'को दोस्रो संस्करणको घोषणा भएको छ। गत वर्षदेखि आरम्भ भएको यो महोत्सव भदौ १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।

नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरु जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ्ग लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ।

आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकहरूको सहभागिता रहने जनाइएको छ। महोत्सवमा दक्षिण एसियाका कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा चल्नेछ।

महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्तीजस्ता दिग्गजहरु सहभागी हुनेछन्। यस्तै प्रख्यात अभिनेत्री तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, हरहर शम्भो फेम गायिका अभिलिप्सा पाण्डा कार्यक्रमका मुख्य आकर्षणका रुपमा रहेका छन्। बलिउड सिनेमामा अभिनय गरेर ख्याती कमाएकी अभिनेत्री मनिषा कोइराला पनि महोत्सवको अर्को आकर्षण बन्नेछिन्।

त्यसै गरी भुटानका रिन्झिन रिन्झिन, श्रीलंकाका चमल सञ्जीवा, बंगलादेशका अशरफ ज्वेलसमेत वक्ताको भूमिकामा उपस्थित हुनेछन्। सुरक्षा पन्त, नयनराज पाण्डे, अमर न्यौपाने, सुवेदी, चिरिबाबु महर्जन, गुरुराज घिमिरे, विद्या अधिकारी, सुमना श्रेष्ठ, काशिनाथ तमोट, चरीमाया तामाङ, शिवानी थापा, सीके लाल, महेशविक्रम शाह, रजनी ढकाल, गीता त्रिपाठी, मनिषा गौचन, आरती चटौत, त्रिरत्न मानन्धर, सृच्छा प्रधान, भोला रिजाल, नवराज केसी, रामेश कोइराला, हर्क साउदलगायतले विभिन्न सत्रमा वक्ताका रुपमा सभागिता जनाउने छन्।  'लघु कथावाचन' र 'कलिङ महलफिल'जस्ता सत्रहरु पनि महोत्सवका रमाइला कार्यक्रम हुन्।

Ncell 2
Ncell 2

‘शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल’लाई केन्द्रीय  स्वर बनाइएको महोत्सवको यसै संस्करणबाट १२ विधामा १२ लेखकहरूलाई यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने पनि जनाइएको छ।

यो महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो। दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिने केएलएफ संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले विश्वास व्यक्त गरे।'

‘पहिलो संस्करणजस्तै दोस्रो संस्करणमा पनि हामीले नेपालको बृहद् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराहरूबारे विश्लेषण गर्ने  र विश्वकै सोचको केन्द्रको रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौं, काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले भनिन् ।

'यशस्वी प्रज्ञा प्रतिष्ठान' नेपालमा विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्धन गर्ने संस्था हो भने 'कलिङ साहित्य महोत्सव' भारतको एक अग्रगामी संस्था हो जसले भारतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान र प्रवर्धन गर्दै आएको छ । सूर्य नेपाल मुख्य प्रायोजक रहेको महोत्सवलाई एलआईसी नेपाल, हिमालय डायरी र यशस्वी प्रज्ञा प्रतिष्ठानले प्रायोजन गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपिएल:  सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
एलिनाका पूर्वपति विष्णुको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ? यसबीच, एलिनाका पूर्वश्रीमान बिष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्... शुक्रबार, साउन २, २०८२
ताजा समाचारसबै
एनपिएल:  सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, मंसिर २०, २०८२
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली शनिबार, मंसिर २०, २०८२
जेनजी आन्दोलनबाट आयौं, तर दल विरोधी होइनौं  :  प्रधानमन्त्री कार्की शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली शुक्रबार, मंसिर १९, २०८२
अमेरिकी शान्ति प्रस्ताव अस्वीकार्य – पुटिन शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्