काठमाडाैं- ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ पुस्तक लोकार्पण गरिएको छ।
बिहीबार काठमाडौंको याक एण्ड यति होटलमा एक कार्यक्रमकाबीच प्रमुख अतिथि डा जगमान गुरुङलगायतले सो पुस्तकको सामूहिक विमोचन गरेका हुन्। पुस्तकको अनुसन्धान एवं सम्पादक रमेश खड्काले गरेका छन्।
थाइ नेपाली संघ, थाइल्याण्डले आयोजना गरेको सो कार्यक्रममा संघका अध्यक्ष बासना राईको सभापतित्व रहेको थियो। कार्यक्रमको अतिथिका रुपमा प्राडा श्रीरामप्रसाद उपाध्याय, थाइल्याण्डका लागि नेपाली निवर्तमान राजदूत गणेशप्रसाद ढकाल, समीक्षकहरू डा दिनेश भट्टराई र प्राध्यापक रामाकृष्ण रेग्मी, इन्स्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, संघका पूर्वअध्यक्ष तथा संरक्षक कुमार कार्की, कलाकार मिथिला शर्मा, गायक दीप श्रेष्ठ लगायत रहेका थिए।
कार्यक्रममा बाेल्दै संरक्षक एवं पूर्वअध्यक्ष कुमार कार्कीले थाइल्याण्ड पुगेका नेपालीहरूको इतिहासस जिवित राख्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए। कार्कीकै कार्यकालमा पुस्तकमाथि अनुसन्धान सुरु भएको थियो।
कार्यक्रममा पिलोकसहितका शहरमा नेपालीहरूको इतिहास जिवित राख्ने थाई नेपालीको कामका प्रशंसा लायक भएको संस्कृतविज्ञ जगमान गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।