काठमाडौं– बैंकिङ क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकिङ क्षेत्रसँग विदेशी मुद्राको संचिति बढेको देखिएको छ।
शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशत वृद्धि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०७९ असार मसान्तसम्म नेपालमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो।
उक्त सञ्चितिले १० महिनासम्म वस्तु तथा सेवाको आयात धान्नसक्ने राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
‘आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।