काठमाडौं- महिला प्रहरी कर्मचारीले बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा अनिवार्य काम गर्नुपर्ने गरी मापदण्ड बनाइएको छ। प्रहरी सरुवा सम्बन्धी मापदण्ड २०७९ लाई संशोधन गर्दै यस्तो व्यवस्था बनाइएको हो।
जसकारण अब महिला प्रहरी कर्मचारीले प्रहरीको बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आफ्नो सेवा अवधीभर कम्तीमा ३ वर्ष अनिवार्य काम गर्नुपर्ने भएको छ।
त्यसैगरी एक दरबन्दी गार्डमा पनि अनिवार्य काम गर्नुपर्ने सरुवासम्बन्धी मापदण्डमा उल्लेख गरिएको छ।
प्रहरी तालिम केन्द्र, विद्यालय बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरुमा अह्रन-खटन गर्दा कम्तीमा १ जना अधिकृतस्तरको महिला प्रहरी कर्मचारीलाई अनिवार्य रुपमा खटाइने पनि उल्लेख गरिएको छ।
त्यसैगरी महिला प्रहरी कर्मचारीलाई भौगोलिक आधारमा हिमाल, पहाड, तराई र सुविधाको हिसाबले दुर्गम र सुगम गरी चौकी स्तरसम्म महिला प्रहरी कर्मचारीको उपलब्धता सुनिश्चित हुने गरी सरुवा गरिने पनि मापदण्डमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।